काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टीभित्र संकट गहिरिएसँगै शनिबार बोलाइएको बैठक सोमबार बस्ने गरी स्थगित गरिएको थियो। बैठक बिहान ११ बजे बस्दैछ।
बैठकअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमतिका लागि छलफल हुने जनाइएको छ।
सहमति खोज्ने क्रममा शुक्रबार दुई अध्यक्षबीच ३ घण्टा वार्ता भए पनि निष्कर्षविहीन भएको थियो भने आइतबार दुवै अध्यक्षबीच आ–आफ्ना निकटस्थहरुको उपस्थितिमा डेढ घण्टा वार्ता भएको थियो।
आइतबारको वार्ताले सहमति खोज्न अनौपचारिक रुपमा ४ सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन्। प्रचण्डका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा छन्।
दुई अध्यक्षबीच सहमति नभए आजको स्थायी कमिटी बैठक पनि स्थगित हुने सम्भावना रहेको जनाइएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।