• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विश्वासको संकटले फुटको बाटोमा नेकपा

64x64
वीरेन्द्र ओली आइतबार, असार २१, २०७७  ००:३०
1140x725

काठमाडौं- नेकपामा नेताहरूबीच नै विश्वासको संकट गहिरिँदै जाँदा पार्टी एकताले पूर्णता नपाउँदै फुटको बाटोमा अघि बढेको छ। शीर्ष नेताहरूबीच नै एक अर्काप्रति आशंका पैदा हुँदा एकता भएको २ वर्षमै एकता संकटमा पुगेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका विपक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनाललगायत बहुसंख्यक नेताहरूबीच एक आपसमा विश्वासको वातावरण बनाउने भन्दा सत्ता दाउपेचमै केन्द्रित हुँदा नेकपा फुटको संघारमा पुगेको हो।   

पार्टी सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत अल्पमतमा रहेका ओलीलाई स्थायी कमिटी बैठकमा अचानक प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि विवाद उत्कर्षमा पुगेको हो। सरकारमा हुँदा ओली असाध्यै अंहकारी र दम्भी हुनुका साथै पार्टीको निर्णय नमानी एकलौटी निर्णय गर्न थालेको भन्दै नेताहरू असन्तुष्ट थिए। मदन भण्डारी जन्मजयन्तीका उपलक्ष्यमा सरकारका विरुद्ध दिल्ली र काठमाडौंका कोठामा सरकार विरुद्ध नेकपाकै नेताहरू लागी परेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएपछि अरु नेताका लागि मसला बनेको थियो। स्थायी कमिटी बैठकमा निरन्तर नेताहरूले दुवै पदबाट राजीनामा मागेपछि पार्टीदेखि संसदसम्म अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन प्रेसर दिएपछि पार्टीमा फुटको वातावरणले प्रश्रय पाउन थालेको हो। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको ब्रिफिङ- राष्ट्रपति र मलाई हटाउने षड्यन्त्र भइरहेको छशनिबार, असार २०, २०७७

त्यसपछि ओली आफूलाई अध्यक्ष र प्रधानमन्त्रीबाट मात्रै नभई राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत महाभियोग लगाएर हटाउन सक्ने आशंका पुगेका थिए। त्यस आशंकालाई पुष्टि हुने गरी शनिबार साँझ मन्त्रीहरूसँगको छलफलमा ओलीले आफूलाई दुवै पदबाट राजीनामा दिन लगाउने मात्र नभई राष्ट्रपतिलाई समेत महाअभियोग लगाएर हटाउन संकेत पाएपछि संसद अधिवेसन अन्त्य गरेको बताए। 

तर ओलीको विपक्षमा लागेका अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल झलनाथ खनाललगायत नेताहरु पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउनकै लागि प्रधानमन्त्रीले संसद् अधिवेसन अन्त्य गरेको आशंकाले आतंकित बने। बालुवाटारमा नै स्थायी कमिटी बैठक पार्टीमा कुनै सल्लाह नै नगरी एकाएक संसद् अधिवेसन अन्त्य गर्नु प्रधानमन्त्रीको कुत्सित मनसाय भएको ओलीइतर नेताको बुझाइ रह्यो। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने- कसको पक्षमा लाग्ने स्पष्ट हुनुहोस्शनिबार, असार २०, २०७७

शनिबार साँझ प्रधानमन्त्रीसँगको छलफलमा सहभागी कृषिमन्त्री घनश्याम भुसालले मनगढन्ते सूचनाले दुवै समूहतिरका शीर्ष नेताहरूलाई गाँजेकाले पार्टी एकता संकटमा पुगेको बताए। तथ्यमा भन्दा 'फेब्रिकेटेड' सूचनाले नेताहरूलाई गाँज्दै लग्दा एकता संकटमा परेको भुसालको विश्लेषण छ। 

‘प्रधानमन्त्रीज्यूमा पार्टी फुटोस्, कम्युनिस्ट आन्दोलन धराशायी बनोस्, राष्ट्रियता संकटमा परोस् भन्ने मनोविज्ञान मैले देखिनँ। फेब्रिकेटेड सूचनाले दुवै समूहलाई गाँजेको पाएँ। एकले अर्कोप्रति सशंकित हुने, एकले अर्कालाई सिध्याउँछ कि भन्ने मनगढन्ते विश्लेषण गर्ने प्रवृत्तिले पार्टी एकता संकटमा परेको पाएँ,’ कृषिमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य भुसालले भने, ‘वास्तविक रूपमा पार्टीको शीर्ष नेतृत्वले छलफल गरी संकट टार्न सक्छ।

सरकार र पार्टीका विषयमा प्रधानमन्त्रीले राखेको धारणा व्याख्या गर्दा खुमलटार र कोटेश्वरले भनेजस्तो अध्यादेश ल्याएर तत्कालै पार्टी फुटाउने अवस्था अवस्था छैन। शीर्ष नेतृत्व नै सौहार्दपूर्ण वातावरणमा छलफल गरेर निष्कर्ष पुग्न सकिन्छ।' ओलीले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट र राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन षड्यन्त्र भइरहेको विषयमा धारणा राखेपछि मन्त्री भुसालले गतल सूचनाको सिकार भएको भन्दै प्रतिवाद गरेको बताए। प्रधानमन्त्री ओलीले पार्टी सङ्कट भएको भन्दै चिन्ता व्यक्त गर्दै पार्टी एक नरहन पनि सक्ने बताएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

स्थायी कमिटी बैठककै बीच ओलीले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई समेत बालुवाटारमा बोलाएर आफूले पार्टीमा गम्भीर निर्णय लिन लागेकाले साथ दिन आग्रह गरेका थिए। जवाफमा देउवाले आफूले सक्दो सहयोग गर्ने वचन दिएको बालुवाटार स्रोतले जनाएको छ।

यो पनि पढ्नुहोस्

एजेन्डामै नभएका विषयमा स्थायी कमिटी बैठक चलाइयो : प्रधानमन्त्री ओलीशनिबार, असार २०, २०७७

ओली समूह र प्रचण्ड-नेपाल समूहबीच विवाद उत्कर्षमा
पार्टीमा विवाद हुँदा छलफल गरेर मिलाउँदै आएका शीर्ष नेताहरूबीच छलफलले पछिल्लो विवाद समाधानमा सकारात्मक मोड लिन सकेको छैन। ओली पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री दुवै पदबाट कुनै हालतमा राजीनामा नदिने अडानमा छन्। यदि दुवै पदबाट राजीनामा दिनुपर्ने अवस्था आए पार्टी फुटाएर लैजाने संकेत शनिबार मन्त्रीहरुसँगको छलफलमा स्पष्ट पारिसकेका छन्। मन्त्रीहरुलाई समेत प्रधानमन्त्री ओलीले कुन कित्तामा जाने आफै निर्णय गर्न बताइसकेका छन्। 

सम्झौता नै गर्नुपर्ने अवस्था आए मंसिर ४ वा अन्य कुनै नयाँ सम्झौता गरेर जान सकिने शीर्ष नेताहरूसँगको छलफलमा बताइसकेका छन्। उता अर्का अध्यक्ष प्रचण्ड नेपाल समूह ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गराएरै छाड्ने बटमलाईनमा पुगेका छन्। प्रचण्ड पार्टी एकता जोगाउनका लागि भएपनि ओलीलाई कम्तीमा एक पदबाट राजीनामा गराउनुपर्ने पक्षमा छन् भने खनाल-नेपाल पक्ष भने प्रधानमन्त्रीबाट मात्रै नभई दुवै पदबाट राजीनामा गराउनुपर्ने पक्षमा छन्। ओलीसँग लामो समय सहकार्य गरेका खनाल-नेपालले नयाँ प्रधानमन्त्रीलाई कामै गर्न नदिई अल्झाउने भन्दै अध्यक्ष पदबाट समेत राजीनामा गराउनुपर्ने निष्कर्षमा पुगेका हुन्। यदि मध्यमार्गी बाटो अपनाएर ओलीसँग सम्झौता गरे आफूहरुलाई सिध्याउने प्रचण्ड-खनाल-नेपाललगायत नेताको बुझाइ छ। ओलीलाई दुबै पदबाट मुक्त गरे प्रचण्ड-नेपाल समूहले सहज रूपमा आफूहरुले सरकार र पार्टी चलाउन पाउने बुझाइ छ। 

शनिबार पनि दौडधुप
शक्रबार रोकिएको स्थायी कमिटी बैठक शनिबार ११ बजे बस्ने तय भएको थियो। शनिबार बिहानैदेखि नेताहरु गुटका भेलामा व्यवस्त भएका थिए। शनिबार बिहानै अध्यक्ष प्रचण्डले वरिष्ठ माधवकुमार नेपाललाई खुमलटार बोलाएर परामर्श गरेका थिए। लगत्तै प्रधानमन्त्री ओलीले बिहान साढे ९ बजेतिर आफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यहरूलाई बोलाएर बालुवाटार छलफल गरेका थिए। छलफलमा ओलीले रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङलगायत नेताहरूलाई बोलाएका थिए। 

यो पनि पढ्नुहोस्

मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ- पार्टी एकता संकटमा छशनिबार, असार २०, २०७७

बिहान आफूनिकट मन्त्री नेताहरुसँग लामो परामर्श गरेका ओलीले बेलुका ५ बजेतिर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। राष्ट्रपतिसँग प्रधानमन्त्रीले साढे एक घण्टा भेटघाट गरे लगत्तै बेलुका ७ बजे सबै मन्त्रीलाई बोलाएर छलफल गरे। छलफलमा प्रधानमन्त्री ओलीले मन्त्रीसँगको भेटमा आफ्ना कुरा खुलस्त रुपमा राख्दै आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा नदिने चट्टानी अडान दोहोर्‍याए। 

उता अर्का अध्यक्ष प्रचण्डले दिउँसो २ बजेतिर वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासँग लामो छलफल गरे। उनीहरूले प्रधानमन्त्रीसँग छलफलका लागि के-कस्ता रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा कुराकानी गरेका थिए। यदि पार्टीमा विभाजनकै अवस्था आए आफूहरू कतिसम्म लचक हुन सकिन्छ भन्ने विषयमा समेत छलफल गरे। पार्टीमा विवाद कायमै भएकाले शनिबार जस्तै आइतबार पनि बिहानैदेखि नेकपा नेताहरू दौडधुप र गुटका भेलामा सक्रिय हुने देखिएको छ। 

ओली-प्रचण्डबीच आइतबार निर्णायक संवाद
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष प्रचण्डले निर्णायक संवाद गर्ने भएका छन्। पार्टीमा नेताहरूबीच तीव्र ध्रवीकरण बढ्दै गएपछि सहमतिको बिन्दु खोज्न ओलीलाई भेट्न आइतबार प्रचण्ड बालुवाटार जाने भएका हुन्। पार्टी एकता संकटमा भएपनि फुटी नसकेकाले छलफलका लागि ओली प्रचण्डबीच आइतबार बिहान संवाद गर्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। प्रचण्ड-नेपाल समूह पार्टी एकतामै अडिग भई अन्तिम अवस्थासम्म प्रयास गर्ने रणनीतिमा पुगेको छ। पार्टी फुटाएर ओली गएपनि आफूले पार्टी फुटको भारी नबोक्ने प्रचण्ड-नेपाल समूहको तयारी छ।

यो पनि पढ्नुहोस्

नेताहरू योभन्दा अघि बढ्नुभयो भने पार्टी दुर्घटनामा पर्छ : योगेशकुमार भट्टराई [अन्तर्वार्ता]शनिबार, असार २०, २०७७

शनिबार स्थायी कमिटी बैठकअघि ओली प्रचण्डबीच भेटघाट गर्ने तय भएको थियो। अचानक गृहकार्य नपुगेको भन्दै असार २२ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएपछि ओली-प्रचण्डबीच भेटघाट रोकियो। ओली प्रचण्डबीच भेटघाट नभएपछि प्रचण्डले खुमलटार सचिवालय सदस्यहरुलाई बोलाएर लामो छलफल गरेका थिए। प्रचण्डसहित झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत नेताहरुले पार्टी एकता जोगाउन अन्तिम प्रयास गर्ने निष्कर्षमा पुगेका थिए। 

पार्टी फुटाउन प्रधानमन्त्री ओली उद्यत भएको भन्दै आफ्नो तर्फबाट अन्तिम प्रयास गर्ने तयारी गरिएको एक सचिवालय सदस्यले बताए। ‘प्रधानमन्त्री दैनिकजसो राष्ट्रपतिलाई भेट्नेदेखि प्रमुख प्रतिपक्ष दलका नेतालाई बोलाएर गर्नुहुन्छ। स्थायी कमिटी बैठक चल्दाचल्दै संसद् अधिवेसन अन्त्य भएको निर्णय गरिन्छ,’ ती सचिवालय सदस्यले भने, ‘यी सबै घटनाक्रमले प्रधानमन्त्रीजी पार्टी फुटाउन उद्यत हुनुहुन्छ भन्ने पुष्टि गर्छ। त्यो बाटोमा हामी लाग्नु हुँदैन। त्यो बाटोमा अघि बढ्नु आम नेता कार्यकर्तामाथि धोका हो।’  

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  ००:३०
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपा महाधिवेशनमा सभापति र केन्द... मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
ताजा समाचारसबै
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्