• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेताहरू योभन्दा अघि बढ्नुभयो भने पार्टी दुर्घटनामा पर्छ : योगेशकुमार भट्टराई [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, असार २०, २०७७  १५:१३
1140x725
फाइल फाेटाे

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अन्तरसंघर्षले चरम रुप लिएको छ। नेकपाकै नेताहरु फुटको आशंका गर्न थालेका छन्। शीर्ष नेताहरुमा एकअर्काप्रति विश्वासको संकट गहिरिएको छ। विवाद समाधानका प्रयास भइरहेका छन्। तर, सफलता मिलेको छैन।

नेकपा दोस्रो पुस्ताका केही नेताहरु पार्टी फुट्न नदिन लागिरहेका छन्। स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री योगेशकुमार भट्टराई पार्टी फुट्न नदिन सक्रिय भएका नेताहरुमा पर्छन्। नेकपा अन्तरसंघर्षका विषयमा मन्त्री योगेशकुमार भट्टराईसँग नेपाल लाइभका डिबी खड्का र वीरेन्द्र ओलीले गरेको संवाद :

संवादको सुरु त्यहीँबाट गरौं। जहाँ तपाईंहरु अहिले हुनुहुन्छ। अर्थात् तपाईंहरु अहिले फुटको संघारमै पुग्नुभएको छ भन्ने धेरैलाई लागेको छ। यो बुझाई सत्य हो?
पार्टीभित्रकाे समस्या प्राय सबैलाई थाहा नै छ। हामीले लुकाएर लुक्ने कुरा पनि होइन। किन कि सार्वजनिक रुपमा बहसमा पनि भइरहेका छन्। पार्टी स्थायी कमिटी, सचिवालय र दुई अध्यक्षको बीचमा भएका संवाद पनि मिडियामा आएकै छन्।

राम्रो के भयो भने नेकपाको बारेमा प्रशस्त बहस भएको छ। नेकपाभित्रको बहसको विषय के हो त? हामी गलत विषयमा त बहस गरिरहेका छैनौं? यस विषयलाई समीक्षा गर्ने ठाउँमा छौं। कम्युनिस्ट पार्टीभित्र दुई लाइनको संघर्ष, अन्तरविरोध हुन्छन्। ती कुरा हामीले  झेल्दै आएका पनि हुन्। पार्टीभित्रका संघर्ष प्राय बैचारिक हुन्छन्। सिद्धान्तमा आधारित हुन्छन्। त्यसले मानिसलाई अध्ययनशील पनि बनाउँछ। तर, यो पटकको बहस हेर्दा कुनै सैद्धान्तिक र राजनीतिक इस्युमा देखिँदैन। जस्तो भनौं, पूर्वनेकपा एमालेले जनताको बहुदलीय जनवाद भन्यो। पूर्वमाओवादीले एक्काइसौं शताब्दीको विकसित जनवाद भनेको थियो। त्यसलाई संष्लेषण गरेर हामीले जनताको जनवाद भनेर पार्टी एकता गर्‍यौं।

अहिलेको बहस बहुदलीय जनवाद नै ठीक वा एक्काइसौं शताब्दिको जनवाद ठीक भनि ध्रुवीकृत भएर बहस भएको भएपनि राम्रै हुन्थ्यो। जनताको जनवाद भनेर हामीले साझा कार्यक्रम बनाएका छौं। जनताको जनवाद ठीक कि बेठीक? त्यसले अंगिकार गरेका नीति, कार्यक्रम, सिद्धान्त ठीक कि बेठीक? भनेर छलफल भएको भएपनि बहस अन्यत्र मोडिने थिएन। अहिले त सैद्धान्तिक राजनीतिभन्दा धेरै टाढा पुगेर व्यक्तिगत आरोप प्रत्यारोपमा बहस केन्द्रित छन्।

पछिल्लो समयको विवादले के देखायो भने हाम्रो पार्टीमा सम्बन्धमा समस्या छन्। अध्यक्ष-अध्यक्षबीचको सम्बन्धमा समस्या छ। पार्टीले गरेका निर्णयको अपनत्वको सामूहिक निर्णयमा पुर्‍याउनलाई समस्या छ। सरकार सञ्चालनमा केही समस्या छन्। सरकार र  पार्टीबीचको सम्बन्धमा समस्या छन्। त्योभन्दा पनि अझै माथि नेता–नेताबीचको सम्बन्धमा समस्या छन्।

नेकपाभित्र नेताहरुको टकराव किन छ त? नेताहरुको महत्वकांक्षा किन छ त? स्वभाविक बाटोबाट हेर्दा के देखिन्छ भने पार्टीमा ४-४ जना त अहिलेका प्रधानमन्त्रीसहित गरेर पूर्वप्रधानमन्त्री छन्। ७/८ जना त सानो-ठूलो पार्टीमा भएका अध्यक्ष छन्। एकीकरणको प्रक्रियामा ठूलो पार्टी बन्दा उहाँहरु आउनुभएको छ। पार्टी प्रमुख नै भएर आएका नेताहरुको संख्या पनि नेकपामा ठूलै छ। प्रधानमन्त्रीको पदमा दाबी गर्ने अरु २-४ जना हुनुहुन्छ नै।

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा नेताहरुको व्यापक समूह भएको पार्टी हो। विश्वका धेरै र नेपालमा पनि के देखियो भने एउटै पार्टीमा समकालीन यति धेरै नेताहरु बस्ने कुरा नै अनौंठो कुरा हो। यसपटकको बहस, छलफल, अन्तरविरोधलाई नेकपाले ठीक ढंगले हल गर्‍यो भने नयाँ दृष्टान्त प्रस्तुत गर्न सक्छौं। व्यक्तिको महत्वकांक्षा र टकराव भएपनि कुशलता त्यसको व्यवस्थापन हो। सफलतापूर्वक ल्याण्डिङ गर्‍यौं भने विश्वका धेरै राजनीतिक दलमा एउटै दलका धेरै नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा हामी ‘एक्सपर्ट’ बनेर सिकाउन पनि सक्नेछौं। पोजेटिभ रह्यो भने यो अवस्था रहन्छ। नेगेटिभ भयो भने विभाजन तिर जान्छ।

जब जनताले बहुमतसहित सरकारमा पुर्‍याउँछन्। पार्टी विभाजन भएको उदाहरण भेटिन्छन्। नेपालमा दलहरुले बहुमत थाम्न किन सक्दैनन्?
२०१५ सालमा नेपाली कांग्रेसलाई दुई तिहाइको मत थियो। कांग्रेसका नेता विपी कोइराला प्रधानमन्त्री हुनुभयो। सरकार टिकेन। दुई तिहाई बहुमतले काम गरेन। सरकार असफल बन्नुका लागि त्यस बेला राजतन्त्र थियो। सार्वभौमसत्ता जनतामा आइसकेको थिएन। त्यस समयलाई कन्सिडर गर्न सकिएला।

२०४८ सालको संविधान ‘बेटर’ संविधान भनिएको हो। जनताबाट निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था थियो। कांग्रेसको बहुमत थियो। उचाईमा पुगेको नेताले बहुमतको सरकार टिकाउन सक्नुभएन। मध्यावधिमा गिरिजाप्रसाद कोइराला जानुभयो। चुनाव पनि हार्नुभयो।

आउने चुनावमा नेकपालाई भोट माग्ने साहस बनाएर जाउँ भन्ने हो। यो उद्देश्य पुरा गर्न अन्तरक्रियामा छौं। यसका लागि कुनै गुटमा जानुपर्छ वा कुनै गुट त्याग्नुपर्ने भन्ने पनि छैन। सधैं एउटै गुटमा उभिरहनुपर्छ भन्ने पनि आवश्यता छैन। 

Xtrem

Xtrem

२०५६ मा कांग्रेस फेरि बहुमतमा आयो। त्यो बहुमत पनि टिकेन। पार्टी नै विभाजन भयो। २०६४ सालमा आउँदा राज्यमा नेकपा माओवादी एकछत्र दबदबा सहित आयो। प्रचण्डले त्यो सरकार पनि थाम्न सक्नुभएन।

अर्को अवसर अहिले केपी ओलीसँग छ। करिब दुई तिहाइ मतको संसदमा प्रतिनिधित्व छ। यहि पार्टी अहिले बहुमत थाम्न सकिरहेको छैन। विगतमा अरु नेताको परीक्षा थियो। अहिले केपी ओलीको परीक्षा भइरहेको छ। हामी असफल भयौं भने यसले देखाउने के हो भने नेपालमा संसदीय प्रतिस्पर्धात्मक व्यवस्था असफल हुने भन्ने हो। प्रणाली नै असफल भन्ने हुन्छ। धार्मिक अतिवाद, दक्षिणपन्थी अतिवाद, जातिय अतिवादीहरु हाबी हुन्छन्। अर्कोतिर उग्रबामपन्थी अतिवादतिर मुलुक जाने खतरा हुन्छ। द्वन्द्वको खतरामा देश फस्ने हुन्छ। भूराजनीतिक अवस्थाले पनि हामी खतरानाक अवस्थामा जान्छौं। दुई तिहाइको सरकारलाई जोगाउन केपी शर्मा ओलीले सक्नुभएन अवस्था खतरातिर जान्छ।

गम्भीरताबाट नेताहरुले छलफल बहस गर्नका लागि सबैले एकपटक स्टेपडाउन गर्नैपर्छ। जहाँ पुगिएको छ त्यहाँ रोकिनुपर्छ। त्यहाँबाट अघि बढ्न भएन। सकिन्छ यु टर्न गरी फर्कन पर्‍यो। सकिँदैन अलिकति कर्नरबाट भएपनि फर्कन पर्‍यो। हाम्रो विभाजनले हामीलाई र मुलुकलाई कहाँ पुर्‍याउँछ आंकलन गर्न पर्‍यो। विभाजनको बाटोमा जादा त सबै नकरात्मक इण्डिकेटर मात्रै त आउँछ। नेगेटिभ इन्डिकेटर नै आउँछ भने किन जाने त त्यता?

को कताबाट फर्किने? राजीनामाको मागबाट नेपाल–प्रचण्ड फर्किने वा केपी ओली पार्टी र सरकारको नेतृत्वबाट? नेतृत्वमा रहेर काम गर्ने शैलीबाट?
सबै न जहाँ पुगिएको छ। त्यहाँ रोकिनुपर्‍यो। जब चौबाटो आउँछ, त्यहाँ संकेत हुन्छ। रोकी हेरि जानुस्। बाटो ठीक छ भने जानुहोस्। बाटो ठीक छैन भने ट्राफिकले नजाउ भनेको तर्फ जाँदा दुर्घटना हुन्छ। दुर्घटना हुँदा गाडी मात्रै कुच्चिँदैन, ज्यान पनि जान सक्छ। जहाँ पुगिएको छ, त्यहाँबाट रोकियौं, ब्रेक लगाउँ र स्टेरिङ घुमाउँ।

तपाईंले नेताहरु यहीँ रोकिनुपर्छ भन्नुभयो। तर, धेरै नेताहरु अघि बढिसक्नु भएको छ। केही नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा सरकार चलाउन असक्षम हुनुभयो भन्ने निष्कर्ष निकालेका छन्। यो अवस्थामा सहज मिलन सम्भव देख्नुहुन्छ? 
प्रधानमन्त्री असफल हुनुभयो भन्ने नेताहरुको बुझाई हो भने त्यसको तथ्यगत आधारमा बहस हुनुपर्छ। पार्टी केन्द्र र स्थायी कमिटीमा त्यो आउनुपर्छ। मनोगत ढंगले आउनुभएन। तथ्यगत छ भने प्रधानमन्त्रीले पनि स्वीकार्नु पर्छ। तथ्यगत आधारमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। यदि नसक्ने हो भने राजीखुशीमा विकल्प दिनुपर्छ। होइन, उहाँमाथि लागेका आरोप मनोगत छन् भने स्पष्ट गर्नुपर्छ।

नेताहरुलाई जवरजस्ती कुनै निष्करषमा पुग्न बाध्य पार्नुहुन्न। उहाँँको स्वेच्छाले नेतृत्व छाड्ने वातावरण बनाउनुपर्छ। अहिले व्यक्ति नै संस्था जस्तो भएको छ। त्यो स्वमूल्यांकन जरुरी छ। धेरै दबाब दिन थालियो भने पार्टीमा स्थायित्व हुँदैन। केही साथीहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हट्न भन्नुभयो। उहाँ हटेपछि को हुन्छ? के हुन्छ? त्यो दृश्य स्पष्ट आउनुपर्‍यो।

नचाहिँदो अध्यादेश ल्याइँदैन। प्रधानमन्त्रीले त्यस्तो  गर्नुहुन्न र यो आशंका मात्रै हो भन्ने मेरो विश्वास हो। त्यो समाधानको बाटो होइन, त्यसैले त्यता लाग्नुहुन्न। प्रधानमन्त्रीले प्रष्ट पारेपछि यो सिद्धिन्छ।

ल मानौं प्रधानमन्त्री स्वेच्छाले पद छोड्न तयार हुनुभयो। त्यसपछि के हो कहिँकतै खाका देखिँदैन। उहाँले आफूलाई पदबाट हटाउने यो प्रक्रियालाई स्वभाविक रुपमा लिनुभएन भने फेरि क्रियाको प्रतिक्रिया सुरु हुन्छ।

प्रधानमन्त्रीले पनि बैठकमा आएर आफ्ना कुरा भन्नुपर्छ। सरकारले के–के गरिरहेको छ जानकारी दिनुपर्छ। स्थायी समितिलाई सुन्नपर्छ। स्थायी कमिटीले सबै कुरा अस्वीकार गर्छ भन्ने छैन नि! गुटका केही बाध्यता होलान् तर आग्रहमा मात्र व्यक्ति बाँधिदैनन्। मेरो विचारमा कोही आत्तिनु पर्ने देख्दिनँ। अहिले स्थगित छ, तर यो सधैं त स्थगित त हुँदैन।

दुई अध्यक्षले बस्ने समय पाउनुभएको छ। झलनाथ खनाल, माधव नेपाललगायत सबै नेता बस्ने वातावरण पनि बनेको छ। सबै नेताहरु औपचारिक र अनौपचारिक छलफल गर्ने वातावरण बनेको छ। तलसम्म सबै सदस्य गुटमा विभाजित छन्। तर, उनीहरुको एउटै माग छ फुट्न दिन हुँदैन भन्ने हो। कहाँ–कहाँ विवाद छ मिलाउँ। दोस्रो र तेस्रो तहका नेताहरुले मिल्नुपर्छ भनेकै छौ। नेकपाले जुन ऐतिहासिक जिम्मेवारी पाएको छ। यसलाई गुमाउनु हुँदैन। व्यक्तिको हिसावले पुष्पकमल दाहालले पाउनुभएको छ। सबैले आ–आफ्ना तहमा हैसियत पाएका छन्।

दोस्रो तहका नेताहरु मिलाउन लागिरहनु भएको छ? तपाईंहरुको दबाबले केही फरक आएको छ? 
अहिले नै केही नतिजा आएको छैन। तर आशावादी छौं। नेताहरु जहाँ पुग्नुभएको छ त्यहाँबाट फर्काउन सकिन्छ भन्ने हामीलाई लागेको छ। हामी अहिले ट्राफिकको काम गरिरहेका छौं। अगाडिको बाटो खराब छ भन्ने जानकारी दिइरहेका छौं। अझै अगाडि बढेमा दुर्घटना हुनेछ भन्ने सूचना दिने जिम्मेवारी हाम्रो हो। यति सूचना दिइसकेपछि उहाँ अगाडि नबढ्नु होला भन्ने हाम्रो बुझाइ हो।

दोस्रो तहका नेताहरु हस्तक्षेपकारी भूमिकामा नपुगेकै अवस्था हो? 
भूमिका भनेको परिस्थितिले माग गर्ने हो। दुईचार महिना पहिले हामी यसरी बसेका थिएनौं होला। अहिले हामी पार्टीको चिन्तामा एक ठाउँमा आएका छौं। हाम्रो र पछिल्लो पंतिको भविष्य के हुन्छ भन्ने चिन्तामा छौं। भाेलि संविधान, संसद र देश के होला? भन्ने चिन्ता गरेका छौं। नेताहरुले पनि झगडा मात्र गरेका छैनन्। उहाँहरु पनि यसको समाधान खोजिरहनु भएको छ। प्रधानमन्त्रीलाई भेट्दा पनि उहाँले पार्टी सुदृढ एकताको पक्षमा भएको बताउनु भएको छ। सबै नेताहरुको यही कुरा छ। सबैको लक्ष्य यही रहेछ भने अब बाटो एउटै बनाएर जाउँ न त भनेर हामीले भनेका छौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मैले पद छाड्नु परे दोस्रो पुस्तालाई छाड्छु’ भन्नुभएछ? जनतालाई पनि पहिलो पुस्ताले हामीले धेरै अघि लिएर जान सक्दैनाैं भन्ने नै ठानिरहेका छन्। यसको अर्थ नेकपामा पुस्तान्तरणको बहस आरम्भ भयो भन्ने मान्न सकिन्छ? 
उहाँले स्थायी कमिटीको बैठकमा भन्नुभएको हो। उहाँले भन्नुभयो– तपाईंहरु पनि भइसक्नुभएको छ। फेरि तपाईंहरु हुनुपर्ने कारण के? यसरी गम्भीर सवाल उठाउनुभएको छ। यसको चित्तबुझ्दाे जवाफ अरु नेताले दिनुपर्छ। प्रधानमन्त्रीले पनि उहाँमाथि उठाइएको प्रश्नकाे चित्त बुझ्दो जवाफ दिनुपर्छ। उहाँ चार-पाँच जना नेताहरु दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सहमतिमा आउनुहुन्छ भने ठीकै छ नि त। नेकपा एमालेमा त हामीले पुस्तान्तरणको अभ्यास गरेकै थियौं। निश्चित उमेरपछि अवकाशको व्यवस्था गरेका थियौं। नेतृत्व उत्पादन भयो निकास पाएन भने पार्टीमा समस्या हुन्छ। बलपूर्वक निकास दिने होइन, शान्तिपूर्वक निकास दिएको राम्रो हो।

नेकपा नफुटोस् भन्ने चाहना राख्ने नेकपा बाहिर पनि छन्। नेपाली कांग्रेस र अरु पार्टीका र स्वतन्त्र पनि हुनुहुन्छ। उहाँहरुले प्रधानमन्त्री र प्रचण्डलाई सम्झाउनुहोस् भनिरहनुभएको छ।

एमालेमा हुँदा ७० वर्ष उमेर भएपछि पार्टीका कार्यकारी प्रमुखबाट बिदा लिने एउटा व्यवस्था थियो भने दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा नबस्ने अर्को व्यवस्था थियो। दुई पार्टी मिलेपछि त्यो हटाइएको छ। महाधिवेशनमा जाँदा फेरि राख्नुपर्छ। राख्न सक्छौं कि सक्दैनौं त्यो अलग्गै कुरा हो। राख्न सकियो भने त अहिलेका शीर्ष नेता सबै अवकाशमा जानुहुन्छ। अघिल्लो पुस्ताको नेतृत्व ठीक ढंगले व्यवस्थापन गरेर चित्त बुझाएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्छ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जब–जब संकटमा पर्नुहुन्छ। नयाँ रणनीतिक कार्ड फाल्न सिपालू हुनुहुन्छ। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र संसद अधिवेशन अन्त्य पनि उहाँका रणनीतिक कार्ड हुन सक्दैनन् र?
तपाईंले भनेका घटनामा तथ्य प्रमाण भए टिप्पणी गर्न सकिन्छ। जस्तो यो संसद किन आह्वान गरियो भने जेठ १५ मा बेजेट ल्याउनै पर्थ्याे। संसद् आह्वान गर्दा बजेट र नीति कार्यक्रम पास भएपछि कोरोनाको संक्रमण घट्यो भने चलाउने तर रह्यो भने संसद रोक्नुपर्छ भन्ने थियो। त्यै जगबाट प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्य गर्न खोज्नुभएको हो भने ठीक छ। म समर्थन गर्छु। यो नियतको कुरा होइन, परिस्थिति को कुरा भयो।

नेताहरु स्थायी कमिटी बैठक बसिरहनु भएको छ। त्यसैले यस्तो आशंका कतिपय नेताहरुले गरिरहनु भएको छ। त्यसलाई स्पष्ट गर्ने जिम्मा प्रधानमन्त्रीको हो। उहाँले विश्वास के दिलाउनुपर्छ भने यो संसद स्थगित भएपनि असंवैधानिक कदम चालिँदैन। नचाहिँदो अध्यादेश ल्याइँदैन। प्रधानमन्त्रीले त्यस्तो  गर्नुहुन्न र यो आशंका मात्रै हो भन्ने मेरो विश्वास हो। त्यो समाधानको बाटो होइन, त्यसैले त्यता लाग्नुहुन्न। प्रधानमन्त्रीले प्रष्ट पारेपछि यो सिद्धिन्छ।

तपाईंलगायत दोस्रो पुस्ताका नेता नेकपा नफुटोस् भनेर लागिरहनु भएको छ। शीर्ष नेताहरु मनमुटावकै तहमा पुग्नु भएको छ। यी चार नेताले गुटका हिसाबले के–के कुरा त्याग्नुपर्छ? 
मुख्य कुरा सबै नेताले इगो त्याग्नु पर्छ। यो इगोको लडाइँ हो। इगो त्यागेपछि अरु केही त्याग्नै पर्दैैन।

नेकपामा गुट उपगुट छन्। त्यो अन्तर्गत तपाईंहरु हुनुहुन्छ। तपाईं पहिले माधव नेपाल गुटमा हुनुहुन्थ्यो। अहिले तपाईंलाई त्यहाँ शंकाका दृष्टिले हेरिन्छ। अहिले तपाईं केपी ओलीतिर हो कि बीचमा पर्नुभयो? 
हामी केही साथीहरु पटक–पटक बसिरहेका छौं। हाम्रो उद्देश्य पार्टीमा बिग्रह नआओस् भन्ने हो। एकता कायम रहोस् भन्ने हो। आउने चुनावमा नेकपालाई भोट माग्ने साहस बनाएर जाउँ भन्ने हो। यो उद्देश्य पुरा गर्न अन्तरक्रियामा छौं। यसका लागि कुनै गुटमा जानुपर्छ वा कुनै गुट त्याग्नुपर्ने भन्ने पनि छैन। सधैं एउटै गुटमा उभिरहनुपर्छ भन्ने पनि आवश्यता छैन।

घटना, परिस्थिति र एजेन्डाले उभिने हो। हामी टुप्पाबाट फलेका त होइनौं नि। जरोबाटै यहाँ आइपुगेका हौं। त्यसैले आधारहीन तर्क गर्नुको अर्थ छैन। हामी विवेकसम्मत ढंगले निर्णय गर्छौं। पार्टीलाई फुट्न नदिने भूमिकामा छौं। यस्ता अनेक आशंक गरिन्छन् र भइरहन्छन्। 

नेकपा स्थायी कमिटी बैठक सारियो। यसको खास कारण नेताहरु सहमति गरेर बैठकमा आउन् भन्ने हो कि अरु कुनै?
राजनीति र कुटनीतिमा ब्रेकको अर्थ हुन्छ। कहिलेकाहिँ तातो बहस चलिरहेको हुन्छ, त्यो गलत दिशातर्फ बढिरहेको महसुस भएपछि चिया ब्रेक राखिन्छ। सबै बाहिर जान्छन्। चिया, कफी खान्छन्। अवस्था पहिलेभन्दा सामान्य हुन्छ। सधैं यस्तो ठीक होइन। तर, कहिलेकाहिँ यस्तो चाहिन्छ।

नेताहरुले जेजस्तो समय पाउनुभएको छ। त्यसको उपायेग गर्नुपर्छ। नेकपा नफुटोस् भन्ने चाहना राख्ने नेकपा बाहिर पनि छन्। नेपाली कांग्रेस र अरु पार्टीका र स्वतन्त्र पनि हुनुहुन्छ। उहाँहरुले प्रधानमन्त्री र प्रचण्डलाई सम्झाउनुहोस् भनिरहनुभएको छ।

डेमाेक्रेसीमा पार्टीभित्रै संघर्ष हुन्छ। पार्टी पनि खेल मैदान हो। यहीँ खेलौं। किन मैदानबाट आउट हुने?

भिडियाे:

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १५:१३
  • ##याेगेशकुमार-भट्टराई

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्