काठमाडौं- नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंको नयाँ बानेश्वरका एक ८५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार उनी उच्च रक्तचाप र पार्किन्सन्सका बिरामी थिए। छाती दुखेको र पिसाब कम भएको समस्याका कारण उनी काठमाडौंको एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए।
उपचारको क्रममा उनको असार १७ गते राति ११ बजे मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।