• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पार्टीको आन्तरिक द्वन्द्वको शिकार संसद,  रोकिए महत्वपूर्ण कानुन  

नागरिकतासहित महत्वपूर्ण कानुन फेरि पनि रोकिए
64x64
दुर्गा दुलाल शुक्रबार, असार १९, २०७७  ११:१०
1140x725

काठमाडौं–नेकपाको आन्तरिक द्वन्द्वको प्रभाव संसदमा पर्ने देखिएको छ। केही दिनदेखि जारी स्थायी कमिटि बैठकमा आफ्नो राजीनामाको दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरे। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारै दुवै सदनको चालु अधिवेशन अन्त्य पनि गरिन्। 

कोरोना महामारीकै बीचमा जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक वाध्यताका कारण सरकारले गत वैशाख २६ गते बजेट अधिवेशन बोलाएको थियो। आव्हान गरेको ५६ दिनमै अधिवेशन अन्त्य भएको छ। 

बजेटका विधेयकहरु पारित भइसक्नेबित्तिकै सरकारले अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ। यस अवधिमा प्रतिनिधि सभाका २५ वटा बैठक बसेका छन् भने राष्ट्रिय सभाका ३५ बैठक बसेका छन्। 

अधिवेशन अन्त्य हुँदा लामो समयदेखि रोकिएका धेरै विधेयकले कानुनी रुप लिन नसक्ने भएका छन्। 

दुवै सभामा गरि १९ वटा र समितिहरुमा २० विधेयक विचाराधीन छन्। नागरिकता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार निवारण, संघीय निजामती कर्मचारी, विशेष सेवालगायत अन्य दर्जनौं विधेयक समितिमा छलफल भएर संसद पुगेका छन्। केही विधेयकहरु पारित हुने सूचीमा थिए। 

अख्तियार र भ्रष्टाचारसम्वन्धी विधेयक पारित हुने क्रममा रहेकोमा दुई पटक सूचीबाट हटिसकेको छ। अधिवेशन अन्त्य हुँदा प्रतिनिधि सभाबाट पारित भएका कतिपय विधेयकहरु पनि अलपत्र हुने भएका छन्। 

प्रतिनिधि सभाले के-के गर्‍यो ? 

२०७७ जेठ २ गतेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनप्रति पेश भएको धन्यवादको प्रस्तावबाट छैटौं अधिवेशन सुरु भएको थियो।  राष्ट्रपतिको सम्बोधनमार्फत् प्रस्तुत भएको आर्थिक वर्ष २०७७/०७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि २०७७ जेठ ४ र ५ गते छलफल भई जेठ ६ गते बहुमतबाट पारित भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

२०७७ जेठ १५ गतेको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट वक्तव्य) पेश भएको थियो। जेठ १८ गते छलफल भई जेठ १९ को बैठकमा अर्थमन्त्रीले जवाफ दिएका थिए। सोही दिन प्रस्तुत भएको विनियोजन विधेयकमाथि  जेठ २३, २४ र २५ गते दफावार छलफल भएको थियो।

जेठ २६, २७ र २८ गते सम्बन्धित मन्त्रीहरुबाट जवाफ दिई जेठ २८ गते विनियोजन विधेयक बहुमतबाट पारित भएको थियो।  यो अधिवेशन अवधिभर प्रतिनिधि सभामा जम्मा १० वटा सरकारी र ४ वटा गैरसरकारी विधेयक दर्ता भएका थिए। ६ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भैसकेका छन् भने २ विधेयक सभामा प्रस्तुत भएको छ।  २ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी रहेको संसद सचिवालयले जनाएको छ। 

साथै प्रतिनिधि सभाको दोस्रो, तेस्रो, चौथो र पाँचौं अधिवेशनमा दर्ता भएर विभिन्न चरणमा रहेका २४ वटा विधेयकमध्ये एउटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ।  ९ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा नै छ।  एउटा विधेयक सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको छ। तीनवटा विधेयकमाथि सम्बन्धित समितिले तयार पारेको प्रतिवेदन सभामा प्रस्तुत भएको छ।  

यस्तै, दुई वटा विधेयकको सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभामा टेबुल भएको छ।  ३ वटा विधेयक सभामा प्रस्तुत भएर रहेको छ भने ४ वटा सरकारी र एउटा गैरसरकारी विधेयक सभामा प्रस्तुत हुन बाँकी नै छ। त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाको तेस्रो, चौथो, पाँचौं र यस अधिवेशनमा प्राप्त भएका विभिन्न ८ वटा विधेयकमध्ये २ वटा विधेयक पारित भएका छन् । 

प्रतिनिधि सभाबाट के-के पारित भए?

  •  रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) विधेयक, २०७७
  • नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ 
  • आर्थिक विधेयक, २०७७ 
  • विनियोजन विधेयक, २०७७
  • राष्ट्र ऋण उठाउने विधेयक, २०७७ 
  • ऋण तथा जमानत (२४ औं संशोधन) विधेयक, २०७७ 
  • केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ 
  •  लोक सेवा आयोग विधेयक, २०७७ राष्ट्रिय सभामा उत्पत्ति भई सभाबाट पारित 
  • नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७७ 
  • संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक, २०७७

राष्ट्रिय सभाले के पारित गर्‍यो? 

बजेट अधिवेशनमा राष्टिय सभाबाट राष्ट्रिय खेलकुद विधेयक २०७५, नेपाल विशेष सेवा विधेयक २०७६, नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६, बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक २०७५, बीउविजन (दोस्रो संशोधन) विधेयक २०७५, नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७, विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७ सभाबाट पारित भएको छन्।  

त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (२४ औं संशोधन) विधेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७  राष्ट्रिय सभाबाट पारित भएका छन्। 

संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७७ र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७६ सहित १३ वटा विधेयक राष्ट्रियसभाबाट पारित गरिएको छन्। 

फिर्ता विधेयक

राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित पारित गरेका केही विधेयक फिर्ता गरेको छ। जसअनुसार नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७, विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (२४ औं संसोधन) विधेयक २०७७, केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक २०७७ रहेको छ।

दफावार छलफलमा पठाइएका विधेयक

प्रतिनिधि सभामा दर्ता भएका अन्य केही विधेयकहरु सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएका छन् । नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६, नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, तथ्यांक विधेयक २०७६, स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६, प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएका छन्। 

यसै अधिवेशन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालको जवाफ दिएका थिए। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पटक र गृहमन्त्री रामबहादुर थापाले समसामयिक विषयमा सभालाई सम्बोधन गरेका थिए। राष्ट्रिय सुरक्षा परिषद् र महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन सभासमक्ष पेश भएको थियो। यसै अवधिमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय महत्वको दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी प्रतिवेदन सभासमक्ष पेश गरेको थियो।

यसै अधिवेशनमा संविधानसभा एवं प्रतिनिधिसभाका सदस्य ज्ञानकुमारी छन्त्याल, संविधानसभाका सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल, शिवनारायण गुरौ, मेघराज सहनी र प्रतिनिधिसभाका पूर्वसदस्य दुर्योधन सिंह चौधरीको निधनमा सभामा शोक प्रस्ताव पारित भएको थियो।

एमसिसी झनै अन्योल 

अमेरिकी सहयोग एमसिसीबारेको छलफल यसै अधिवेशनमा  छलफलमा जाने आँकलन गरिएको थियो। तर अब संसदको अधिवेशन नै अन्त्य भएपछि यसबारे छलफल हुने सम्भावना समाप्त भएको छ। असार १६ सम्म संसदमा अनुमोदनका लागि लैजाने भनिएको सम्झौता उक्त अवधिमा नेकपाभित्रैकै आन्तरिक द्वन्द्वका कारण हुन सकेको थिएन। सभामुख अग्निप्रसाद सापकोटाले एकै पटक १७ गतेका लागि बैठक बोलाएका थिए। तर उक्त दिन शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । संसदको अर्को बैठक २२ असारमा बस्ने कार्यसूची तय भएको थियो। 

राष्ट्रिय सभा अध्यक्षले संसदमा जानकारी गराए, सभामुखले सूचना निकाल्नुपर्‍यो

सरकारले आकस्मिक रुपमा अधिवेशन अन्त्य गर्न गरेको सिफारिसपछि बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा उनले अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेकी हुन्।

राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीबाट प्राप्त चालु संसद्को अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर बैठकमा सुनाए। अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अपराह्न ५ बजेदेखि अन्त्य भएको सभासमक्ष जानकारी गराए। तर प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सूचना निकालेर अधिवेशन अन्त्य भएको जानकारी गराए। 

१७ गते शोक प्रस्ताव पारित भएर रोकिएको प्रतिनिधि सभा बैठक २२ असारमा बस्ने कार्यसूची थियो। तर त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि महासचिव भरतराज गौतमले सूचना प्रकाशन गरेका थिए। अधिवेशन बोलाउने र अन्त्य गर्ने विशेषाधिकार सरकारको हो। 

प्रतिपक्षसमेत असन्तुष्ट 

सत्तारुढ दलभित्रको विवादको दुस्प्रभाव संसद अधिवेशनमा देखिनु दुःखद र आपत्तिजनक रहेको कांग्रेसले जनाएको छ। राजनीतिक दलभित्रको द्वन्द्वले अधिवेशन हठात् अन्त्य गरेर सरकारले घोर उदासीनता प्रकट गरेको कांग्रेसले जनाएको छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा संसद बैठक रोक्नुले जनताप्रति सरकार उदासीन रहेको पुष्टि भएको प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

कोरोना नियन्त्रण र रोकथाममा उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्ने बेला हठात् सदन रोकेको प्रति कांग्रेसले आपत्ति जनाएको हो।

संसद अप्रत्यासित रोकिएकोप्रति कांग्रेसले प्रधानमन्त्रीसँग जवाफ मागेको छ, ‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति?’ अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित प्रक्रियालाई सरकारले बेवास्ता गरेको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोरोना सिर्जित चुनौती, संकल्प प्रस्तावदेखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेको छ। केही स्थानमा भने व... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? दोहामा छोटो समयको बसाइपछि प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्