• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली रणनीति : नझुक्ने, नटेर्ने! [टिप्पणी]

64x64
नेपाल लाइभ बिहीबार, असार १८, २०७७  २०:३७
1140x725
फाइल तस्बिर

काठमाडौं- बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीमा उठ्ने विषयको आँकलन ओलीलाई थियो। आफ्नो राजीनामा माग्ने तयारी बुझेरै उनले असार १४ गते प्रत्युत्पादक र विवादित अभिव्यक्ति दिए- भारतको सहयोगमा यहाँका शक्तिहरुले आफूलाई हटाउन खोजेका छन्।

यसअघि सफल प्रयोग भएको राष्ट्रवादको सूत्र यसपटक आफैं फस्ने धराप साबित भयो। पार्टीभित्रकै नेताहरुलाई भारतीय षडयन्त्रको गोटी करार गर्ने र आफूप्रति सहानुभूति प्राप्त गर्ने अपेक्षा सफल भएन। परिणामतः वैशाखदेखि अनेक बहानाले टार्दै आएको यो बैठक उनलाई ‘सर्पले टोक्छ भनेर भागेको अजिंगरको मुखमा परियो’ भनेजस्तो भएको छ।

निश्चय पनि, पछिल्लो सत्तायात्राको साढे दुई वर्षपछि ओली गम्भीर राजनीतिक संकटमा फसेका छन्। सत्ता सञ्चालनका क्रममा अनेक आलोचनाबाट गुज्रिरहेका उनी पार्टीभित्रको शक्ति संघर्षको चपेटामा परेका छन्।

पार्टीमा अहिले उठिरहेको मुख्य विषय प्रधानमन्त्री तथा पार्टी अध्यक्षका रुपमा ओलीको राजीनामा हो। त्यसमा पार्टीका प्रभावशाली नेताहरु एक ठाउँमा भएकाले पनि त्यो माग बलियो बनेको छ। समूहगत भेटघाटको आधारमा हेर्दा पनि उनीहरु आफ्नो मागमा कठोर देखिन्छन्। ओलीलाई सजाय दिने सही समय यही हो भन्ने बुझाईमा उनीहरु देखिन्छन्।

यसको निकास कसरी निस्केला भन्ने त गर्भकै विषय छ। तर, उनले आफ्नो सीमित विकल्पहरुको सम्भाव्य खेस्रा कोरिरहेको बुझिन्छ।

बैठकमा उठिरहेका विषय र ओलीको स्वभावलाई दाँजियो भने ओलीले अपनाउने उपायको केही चित्र निकाल्न सकिन्छ। ओली पार्टीको आन्तरिक संघर्षमा झुक्ने नेता होइनन्। आफूलाई घाटा हुने गरी लत्रेर उनले कदम उठाएका इतिहास छैन। कोठामा थुनेको  बिरालोले विकल्प नदेखेपछि चिथोर्छ भन्नेजस्तो स्वभाव उनीसँग मिल्छ। बरु अप्रिय होस्, प्रतिकार गर्नु उनको स्वभाव हो।

यसअघि पार्टीभित्रको शक्ति संघर्ष र लडाईंमा प्रतिक्रिया मात्रै जनाइरहेका उनले बिहीबारबाट आफूसँग उपलब्ध थप विकल्पको प्रयोग गर्न थालेको देखिन्छ। आफ्नै निवास बालुटारमा जारी स्थायी कमिटी बैठकमा सहभागिता नजनाएर ओलीले आफ्नो रणनीतिको सामान्य झलक दिएका छन्। अब उनले पार्टीमा उठेका विषयलाई महत्त्व नदिने बरु परिआए प्रतिकार गर्ने उपाय अपनाउन खोजेको संकेत मिल्छ।

बैठकमा सहभागिता नजनाएर उनले पार्टीभित्रको फरक मतलाई बेवास्ता गरिदिएका छन्। पछिल्ला दिनमा पार्टीको स्थायी कमिटी बैठकमा उनको राजीनामाको विषय उठिरहेको छ। राजीनामा माग्दा लगाइएको आरोप र प्रयोग गरिएको भाषाप्रति उनी र निकटका नेताहरुको चित्त दुखाई छ। अपमान गरिएको उनीहरुको बुझाई छ। अरुलाई तीखा र अपमानजनक आलोचना गर्ने ओलीको स्वभाव भए पनि आफैंमाथिको सोही शैलीको आलोचनाचाहिँ उनी रुचाउँदैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

उसै पनि बैठकमा बस्ने र अरुको कुरा सुन्ने रुची नभएका ओलीलाई एकपछि अर्को सदस्यले राजीनामा मागेकोमा चित्त बुझ्ने कुरै थिएन। त्यसैले पार्टीको बढ्दो दबाबको प्रतिवाद र बचाउ गर्ने होइन, बेवास्ता गर्ने तिर अघि बढ्न खोजेको देखिन्छ। ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ उखान चरितार्थ गर्ने उनको उपाय हुनसक्छ।

अर्कोतिर, पछिल्ला दिनमा उनले राष्ट्रपतिसँगको भेटवार्तालाई बाक्लो बनाएका छन्। बिहीबारकै स्थायी कमिटी बैठक सुरु हुनुअघि राष्ट्रपति भेट्न शीतलनिवास गए। फर्केर आएपछि पनि बैठक स्थल छिरेनन् बरु मन्त्रिपरिषद्‌को बैठक बसाए। र, अनपेक्षित निर्णय गराए- संघीय संसदको चालु अधिवेशन अन्त्य। अब उनलाई आफू अनुकूल अध्यादेश ल्याउन सहज भएको छ।

राष्ट्रपतिसँग निकटको सम्बन्ध भएका ओलीले एकसाथ दुई त्रास देखाउन सफल भए। पहिलो, उनले राष्ट्रपतिको सहयोग लिएर अप्रिय कदम चाल्न सक्छन्। संकटकालदेखि आफू अनुकूल अध्यादेशसम्मको कदम यस अन्तर्गत पर्छन्। दोस्रो, अहिलेको समयमा राष्ट्रपति प्रधानमन्त्रीका अनुकूल छिन्। प्रधानमन्त्रीले चाल्ने कदममा राष्ट्रपतिले भरपूर साथ रहन्छ।

संसद विघटनको खास प्रक्षेपण हुन सकेको छैन। तर, ओलीले कुनै खाले अध्यादेश ल्याएर पार्टीमा आफ्नो विरोधी समूहलाई पार्टी विभाजनको त्रास देखाएर रक्षात्मक बनाउन सक्छन्। किनकि, अहिले नेकपापंक्तिमा फैलिएको सबैभन्दा ठूलो त्रास नै पार्टी विभाजनका सम्बन्धमा छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिहीबार स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासोसहित बैठकले पुन: पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ गरेर अगाडि बढ्नका लागि आपसी छलफल गर्न पर्सि ११ बजेसम्म बैठक स्थगित गरिएको छ’ भनेका थिए। उनको सार्वजनिक प्रतिक्रियाले पनि पार्टीभित्रको त्रासलाई संकेत गर्छ।

दबाब बढ्दै गए ओलीले संसदीय दलको सामना गर्न पनि सक्छन्। तर, त्यसको लागि नजिता आफ्नो पक्षमा आउने सर्तमा मात्रै। यसअघि दुवै पक्षले यसबारे सोचेर पनि  पछि हटेको विकल्प  हो, यो। तर, प्रधानमन्त्री भएका कारण व्यक्तिगत तबजिबीमा कैयौंलाई अवसर दिनसक्ने भएकाले प्रधानमन्त्रीले आफ्नो तर्फबाट अनेक वैध र अवैध रणनीति अख्तियार गरेर संसदीय दललाई आफू अनुकूल बनाउने र विरोधीलाई चुप लगाउने प्रयास गर्न सक्छन्।

ओलीसँग केही पुराना सूत्र पनि छन्। मुख्यतः विपक्षी गठबन्धन टुक्र्याउने। त्यसका लागि प्रचण्डको गुनासो सम्बोधन गर्ने। गत मंसिर ४ गतेको सचिवालयको निर्णयलाई थप व्याख्या गर्दै प्रचण्डको अधिकारलाई अझ स्पष्ट बनाउने र अन्य सानातिना गुनासालाई सम्बोधन गर्ने। जुन उनका निम्ति कठिन विषय होइन। यसैगरी, माधव नेपाललगायतका नेताहरुको गुनासो सम्बोधन गर्ने। ‘पावर सेयरिङ’को विषयलाई थप व्याख्या र अवसर सहित सम्बोधन गर्ने। तत्काललाई टार्ने भन्दा पनि कार्यान्वयन सुनिश्चित भयो भने यस्ता सूत्रले काम गर्न सक्छन्। तर, ओलीले कति विश्वास दिलाउन सक्छन् र चित्त बुझाउन सक्छन् भन्नेचाहिँ प्रतीक्षाको विषय छ।

मुख्यतः नेकपाभित्रको संकट राजनीतिक र शक्ति संघर्षको उत्पादन हो। यसको समाधान पनि यही कुरालाई सम्बोधन गरेर हुन सक्छ। तर, प्रधानमन्त्रीको रुपमा ओलीले आफ्नो निरन्तरता खोज्नु भने अनौठो होइन।

प्रधानमन्त्रीबाट हटाउन ओलीका विरुद्ध जतिसुकै कडा संघर्ष भए पनि बलजफ्ती हटाउन सम्भव  छैन। किनकि, उनी पार्टीभित्रको बलियो र प्रभावशाली नेता हुन्। दोस्रो, घाइते बाघलाई पार्टीमा राखेर नेकपाका दोस्रो नेताले सरकार चलाउन सक्दैन। विगतमा माधव नेपाल र झलनाथ खनालको सरकारकै बेला यो कुरा प्रष्ट भइसकेको छ। पार्टीको मुख्य आधार त्यही हो, नेता तिनै हुन्।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  २०:३७
  • #kpoli
  • #ncp

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्