काठमाडौं- हड्डीको क्यान्सरका कारण जटिल अवस्थामा पुगेका एक युवाका लागि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ। भिमफेदी गाउँपालिका- ३ मकवानपुरका २२ वर्षीय युवा प्रदीप थिङ्गको स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो।
हेटौंडाको एक अस्पतालमा उपचार गराइरहेका उनलाई अहिले डाक्टरहरूको रोहवरमा २३ दिनदेखि किमो थेरापी गरिँदै आएको छ। उनलाई कम्तिमा पनि ३ देखि ६ महिनासम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने र त्यसपछि मात्र अपरेसन गर्नुपर्ने भएकाले उनी अहिले अस्पतालमै भएको उनका परिवारले उल्लेख गरेका छन्।
अपरेसनका लागि ४० लाख रकम चाहिने र त्यसका लागि परिवारको आर्थिक स्थिति कमजोर भएकाले उनको परिवारले आर्थिक सहयोगका लागि अपिल गर्दै आएका छन्। उनलाई गण्डकी विकास बैंक‚ हेटौंडामा होनक तामाङ थिङ नामको खाता (०६४०१२००३००५८७०००००१)मा आर्थिक सहयोग गर्न सकिने परिवारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।