• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सुदूरपश्चिममा बढेन कोरोना परीक्षणको दायरा

शेरबहादुर सिंह बिहीबार, असार १८, २०७७  १२:३८
1140x725

भीमदत्तनगर- सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पिसिआर र आरडिटी ‘कीट’ खरिदका लागि १ करोड ३४ लाख ८ हजार रूपैयाँ खर्च गरेको छ। 

केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा ५८ करोड ४८ लाख रकम खर्च गरेको विवरण सार्वजनिक गरेको थियो। प्रदेश सरकारले कोरोनाको परीक्षण दायरा बढाउनका लागि आवश्यक मेसिन तथा परीक्षण कीट खरिदमा भने ठोस पहल र खर्च गरेको देखिँदैन।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार पिसिआर विधिबाट परीक्षणका लागि प्रदेश सरकारले २ हजार ४ सय थान कीट खरिद गरेको छ। टेण्डर प्रक्रिया मार्फत पिसिआरका लागि प्रतिकिट ४ हजार ५ सयका दरले खरिद गरिएको हो।

‘२ हजार ४ सय किटमा १ करोड ८ लाख रकम खर्च भएको देखिन्छ।’ केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मीकुमार श्रेष्ठ भने‚ ‘केन्द्रका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाबाट प्राप्त कीट प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सोझै यहाँ सञ्चालनमा रहेको प्रयोगशालामा उपलब्ध भएको हो।’

‘आरडिटी कीट खरिदमा अहिलेसम्म २६ लाख ३८ हजार रकम खर्च भएको देखिन्छ।’ उनले भने‚ ‘आरडिटी टेस्ट कीट प्रतिथान ९ सय ५० रूपैयाँ परेको छ।’

त्यसैगरी यहाँका स्थानीय तहरुले पनि आरडिटी परीक्षणका लागि कीट खरिद गरेर परीक्षण गरिरहेका छन्। ‘पालिकाहरूको तथ्यांक यहाँ आइपुगेको छैन।’ उनले भने‚ ‘पालिकाहरुले पनि स्वास्थ्यकर्मी खटाएर आरडिटी परीक्षण दायरा बढाएका छन्।’ यहाँको प्रदेश सरकारले डोटी र बैतडीमा समेत पिसिआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउने भनेपनि जडानको गति भने सुस्त छ। तीन स्थानका लागि प्रयोगशालाको सामान धनगढी आउने क्रम जारी रहेको निर्देशनालयको भनाइ छ।

हाल धनगढीको पशुपन्छी अन्वेषण केन्द्रमा सञ्चालनमा रहेको पिसिआर प्रयोगशालामा दैनिक बढीमा २ सय ५० जनाको मात्रै परीक्षण हुने गरेको प्रयोगशालाका प्रमुख रमेश शाहीले बताए। उनले प्रयोगशालामा हाल ५ हजार थान परीक्षणका लागि कीट मौज्दात रहेको जानकारी दिए।

प्रदेशमा सञ्चालनमा रहेको एकमात्रै प्रयोगशालाले हालसम्म १० हजार बढीको कोरोना परीक्षण गरेको छ। यहाँ परीक्षणको चाप बढेपछि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकू स्वाब परीक्षणका लागि पठाउने गरिएको छ। बुधबार साझँसम्म सुदूरपश्चिममा २ हजार ६ सय ११ जनामा कोरोनाको सङक्रमण देखिएको छ। 

Ncell 2
Ncell 2

यहाँ हालसम्म पिसिआर विधिबाट १८ हजार ८ सय ७५ जनाको कोरोना परीक्षण गरिएको छ भने आरडिटी विधिबाट हालसम्म १ लाख १३ हजार १ सय ८४ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सुदूरपश्चिममा हालसम्म ४ सय ९५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेका छन्। त्यसैगरी यहाँ पिसिआर विधिबाट परीक्षणका लागि लिइएको ५ हजार ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

त्यसैगरी हालसम्मको कोरोना परीक्षणमा २० देखि २९ वर्षीया युवामा सबैभन्दा बढी संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। सो उमेर समूहमा १ हजार १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सुदूरपश्चिममा स्थानीय सङक्रमण नफैलिएको दाबी गरिएपनि कोरोना  सङक्रमण पुष्टि भएकाहरुलाई पनि होम क्वारेन्टाइनमा राख्न सङ्क्रमण फैलिने चिन्ता सर्वत्र छ। त्यसैगरी नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसिआर मेसिनबाट कोरोना परीक्षणको अन्तिम तयारी भइरहेको छ।

प्रदेशमा कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट ४२ करोड ४८ लाख रकम र प्रदेश सरकारको थप १५ करोड रकम कोभिड–१९ को उपचार रोकथाम र व्यवस्थापनका लागि खर्च भएको छ।

कोभिड–१९ को सुरुको चरणमा प्रदेशका स्थानीय तह धनगढी उपमहानगरपालिकालाई ५ लाख, ३३ नगरपालिकालाई ४ लाख र ५४ गाउँपालिकालाई ३ लाख रकमका दरले रकम उपलब्ध गराइएकामा दोस्रो चरणमा राहत वितरण गर्न १५ करोड २६ लाख र तेस्रो चरणमा केही दिनअघि मात्र क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन गर्नका लागि ६ करोड बजेट उपलब्ध गराइएको प्रदेश सरकारको भनाइ छ।

यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी १ करोड ५० लाख रकम उपलब्ध गराइएको छ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्