तुलसीपुर- दाङमा मंगलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौंं हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले बुधबार साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा क्षति पुर्याएको छ।
केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेषगरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पुर्याएको छ। सलह घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली, राप्ती, गढवा, दंगिशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा फैलिएको छ। सलहलाई स्थानीयबासीले भगाउने प्रयास गरे पनि ठूलो सङ्ख्यामा आएकाले नसकिएको उनले बताए।
उनका अनुसार सलहले अहिलेसम्म करीब सात सय हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट पारेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको हुँदा नोक्सानीको दर अझै बढ्न सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।