काठमाडाैं- खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जना घुससहित पक्राउ परेका छन्। उनीहरु २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित पक्राउ परेकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ।
जिल्लाकाे भगवतीमाई गाउँपालिका वडा नं. ३ सानटडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भनी मल्ल र सव-इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेकाे हाे। आयाेगका अनुसार मल्ललाई कार्यालय परिसरबाट र सव-इन्जिनियर चन्दलाई खटिएको कार्यस्थलबाट नियन्त्रणमा लिइएकाे हाे।
खानतलासीका क्रममा मल्लको आवासबाट उक्त नगद बरामद भएकाे आयाेयले जनाएकाे छ। अनुसन्धानको सिलसिलामा सव-इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे पनि पक्राउ परेका छन्। मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको आयाेगले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।