कैलाली- कैलालीको गेटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका २७ वर्षीय दिलबहादुर रोकाया रहेका छन्।
बुधबार बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।