• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लकडाउनले लतारेको भुइँ मान्छेको दैनिकी 

‘हाम्रा साथीहरु रुँदै घर जाँदा सार्‍है चित्त दुख्यो, यो सरकारसँग त चित्तै रैनछ’
64x64
प्रजु पन्त बुधबार, असार १७, २०७७  ११:५०
1140x725

काठमाडौं-कालोपुलबाट ज्ञानेश्वर छिर्ने गल्लीको दायाँपट्टि साना टहरा छन्। त्यही टहराको एउटा कोठामा खैरो रंगको कपडामा धागोले बुट्टा हानिरहेका थिए मुहम्मद शेख हारुन । मुहम्मद मुर्तजा त्यही धागोले बनाएको बुट्टामा टल्किने टिकटिक खोपिरहेका थिए। 

चैत ११ अघिसम्म यी दुवैको जीवनको लय ठिकै गतिमा थियो। शेख साहुबाट कपडा ठेक्कामा लिएर बुट्टा हान्ने काम गर्थे भने मुर्तजा महिनाको २० हजार पारिश्रमिक पाउने गरी साहुकोमै काम गर्थे। चैत ११ पछि भने यी दुवैको जीवनको लय लर्बरायो। लकडाउनपछि मुर्तजाको जागिर गयो। शेखले बुट्टा हान्ने ठेक्का पाउनै छाडे। लकडाउन लम्बिदै जाँदा कमाएर खाने यी दुवैको दैनिकी नै लथालिंग भयो।

‘तीन महिनामा भएको अलि-अलि पैसा पनि सबै सकियो। खानु त पर्‍यो। धन्न केही साथीहरु मनकारी थिए र सापटी पत्याए’, शेखले भने।

शेखको साथमा श्रीमती र छोराछोरी गरी ४ जना छन्। कोठाभाडा ६ हजार तिर्नुपर्छ। बत्ति र पानीको छुट्टै। ३ महिनादेखि आम्दानी शून्य भएपछि कोठा भाडा बुझाउन सकेका छैनन्। किराना पसलको बहिखाता भरिएका छन्। 

‘किराना पसलमा १५ हजार पुगिसक्यो, भाडा तिर्न सकेको छैन। बत्तिको पैसा तिर्न ३ दिन ढिला हुँदा लाइन काटिदिएछन्, खोजेर पैसा दिएँ,’ शेखले भने, ‘धन्न आजसम्म साहुले कोठाभाडा मागेको छैन। नत्र सडकबास हुन्थ्यो। तर  एकदिन त बुझाउनै पर्छ। कसरी बुझाउने थाहा छैन।’

मुहम्मद मुर्तजा

मुर्तजाको पनि आर्थिक अवस्था दयनीय भइसक्यो। उनको घरमा ४ छोराछोरीसहित ६ जना बस्छन्। एउटै कोठामा बस्दै आएका उनको भाडा ७ हजार छ। ‘हाम्रो घरबेटीलाई त एकदिन पनि ढिला हुन हुँदैनथ्यो। यसपालि ३ दिन ढिला भएको थियो कराइहाले। मेरो त काम गइहाल्यो साथीहरुसँग मागेर दिएँ,’ उनले भने।

मुर्तजाका छोराछोरी टंगाल माध्यमिक विद्यालयमा पढ्दैछन्। विद्यालयले अनलाइन पढाउने भनेपछि मुर्तजालाई पीर पर्‍यो। घरमा जम्मा एउटा स्मार्ट फोन। छोराछोरी ३ जना। फरक-फरक समयमा पढाई हुने भएपछि भने राहत पाए। नत्र कहाँबाट ल्याउनु बाँकी २ फोन। फोनमात्र भएर पुगेन। वाइफाइ पनि चाहियो। धन्न छिमेकी सहयोगी निस्किए र महिनाको ३ सय बुझाउने गरि वाइफाइ पाए। 

०००

Ncell 2
Ncell 2
nimb
nimb

सर्लाहीमा सेखको परिवारसँग खेती गर्ने जग्गा थिएन। गरिखाने परिवारका सदस्य उनलाई भारतको मुम्बई गए काम पाइन्छ भन्ने सुनाइएपछि उनी उतै लागे। मुम्बईमा काम पाए कपडामा बुट्टा हान्ने। 

त्यहीँ खाने-बस्ने सुविधा, अनि महिनाको ५ रुपैँया खाजा खर्च। डेढ वर्ष उनी मुम्बईमै बसे। तर मन थामिएन। घर आउँआउँ लागिरह्यो। उनी फर्किए।

मुहम्मद शेख हारुन

‘भारतमा नै बसेर काम गरेको भए पनि हुन्थ्यो तर मलाई नेपालमै काम गर्न मन लाग्यो। काम गर्न नेपाल ठिक छ नि,’ शेखले भने, ‘यहाँ दंगा हुँदैन, शान्ति छ ।’ मुर्तजा भने भारतीय नागरिक हुन्। शेखको कुरामा सहमती जनाउँदै उनले भने, ‘उता भारतमा त हिन्दू-मुसलमान दंगा भइरहन्छ। यहाँ त शान्ति छ। आफ्नो काम गर्‍यो, खायो, बस्यो ।’ 

मुम्बईमा काम सिकेर घर फर्किएका शेखलाई उनका बाआमाले सर्लाहीमै खेतिकिसानी  गरेर बस्न नभनेका हैनन्। तर खेतिकिसानीले गुजारा नचल्ने, अनि हातमा सीप पनि भएकाले उनी काठमाडौँ आए।  सुरुमा बागबजारको साडी शोरुममा काम गरेका थिए उनले। गर्दै गएपछि आफैं ठेक्का लिएर काम थाले । 

Xtrem

Xtrem

एउटा कपडामा बुट्टा भर्न ४ दिनसम्म लाग्छ । बुट्टा भर्दा लाग्ने कच्चा पदार्थ आफैं किन्नुपर्छ। यसो गर्दा उनलाई खर्च कटाएर एक पिसमा १५ सयदेखि २ हजारसम्म आम्दानी हुन्छ। काम राम्रै चलिरहेको थियो। 

एकाएक सरकारले हिँडडुल र सबै व्यवसाय बन्द गरिदियो। के भयो राम्रोसँग मेसोसमेत पाएका थिएनन् उनले। कोरोना लागेकी युवती काठमाडौंमा भेटिएपछि लकडाउन भएको भन्ने कुरा पछिमात्र बुझे। केही दिन त होला यस्तो भनेको झण्डै तीन महिना उस्तै हुँदा उकुसमुकुस भयो उनलाई।

केही बचत थियो। त्यो भएसम्म खर्च चलाए। गोजी रित्तिएपछि साथीभाइसँग सापटी लिए। उनका साथीहरु पनि उही वर्गका न थिए। सापटीले नचलेपछि सरकारी राहत खोजे। शेखको परिवारलाई काठमाडौँको वडा नम्बर ३० ले ३ महिनामा तीन पटक गरेर २० केजी चामल २ लिटर तेल र २ केजी दाल दिएको रहेछ।

‘मेरो परिवारले महिनैपिच्छे आम्दानी गरेर खर्च गर्ने हो,’ शेखले भने, ‘साना-साना बच्चा छन् दुध खुवाउनुपर्‍यो, बिरामी हुन्छन् उपचार गर्नुपर्‍यो, सरकारले दाल चामल त दियो, तर तरकारी र दुध त किन्नै पर्‍यो, लकडाउनले हामीजस्ता मजदूरको उठिबास लगायो।’ 

०००

लकडाउन केही खुकुलो भएको छ तर उनीहरुको कामले गति लिन सकेको छैन। कहिले काम पाउने हो पत्तो छैन। त्यसमा पनि बुट्टा हान्ने काममा धेरै मिहिनेत लाग्छ। तर मिहिनेतअनुसार आम्दानी थोरै। 

‘हामी श्रम गर्छौं, तर यो कामबाट बुटिक पसलवालालाई फाइदा छ,’ मुर्तजा भन्छन्, ‘हामीहरु दुवै जना अलि-अलि पैसा जोगाएर अरु नै काम गर्ने विचारमा थियौँ। अब त जोगाएको पैसा पनि सकिहाल्यो के पो गर्ने हो?’

लकडाउनपछि गरिबलाई त सरकारले हेर्ला, भोकै नमरिएला भन्ने आश रहेछ शेखको। तर उनले सोचेजस्तो भएन। राहतको नाममा झारा टार्ने काम गरेर सरकार चुप बसेको भन्दै बेस्सरी चित्त दुखेको रहेछ उनलाई।

 ‘लकडाउनपछि सरकारले १० अर्ब सक्यो रे। १० अर्ब भनेको त धेरै पैसा हो नि, तर न उपचार गर्छ, न गरिबलाई खान दिन्छ। त्यो पैसा कहाँ गयो होला?’, शेख भन्छन्। 
लकडाउनका बेला मजदुरहरु हिँड्दै घर फर्किँदा सरकारले सहयोग नगरेकोमा समेत उनको चित्त दुखेको रहेछ। सहर बनाउन पसिना बगाउन आएका मजदुरको चुलो नबल्दा सरकार रमिता हेरेर बसेकोमा आक्रोशित देखिए उनी। 

‘उनीहरु जुन सहर बनाउन आए समस्या पर्दा त्यही सहरले हेरेन। चुलो नबल्दा सरकारले हेरेन। पैतालाको छाला उप्किने गरी रुदैँ घर गए हाम्रा साथीहरु ।  मेरो सार्‍है चित्त दुख्यो। तर सरकारसँग चित्त हुँदैन रहेछ,’ शेख भन्छन्।

उनी केहीबेर मौन बसे। र भने, ‘गरिबको कुनै सरकार हुँदो रहेनछ।’
 

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्