काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२, ललितपुरमा १ र भक्तपुरमा १ जना गरी उपत्यकामा १४ जना संक्रमित थपिएको जानकारी दिए।
थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए।
काठमाडौं र ललितपुरसहित मंगलबार देशभर ३१६ जना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।