काठमाडौं-प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामती कर्मचारी विधेयकको विरोधमा सरकारी कर्मचारी आन्दोलनमा उत्रिएका छन्। विधेयक वृत्तिविकास विरोधी रहेको भन्दै नायब सुब्बा तहका सरकारी कर्मचारी विरोधमा उत्रिएका हुन्। उनीहरुले सिंहदरबारमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि उभिएर विरोध प्रदर्शन गरेका हुन्।
विरोधमा निजामती सेवामा नासु बचाउ अभियान र निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरू सहभागी छन्। राप तृतीय श्रेणी (शाखा अधिकृत) सरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ।
सोमबार पारित निजामती विधेयकमा ट्रेड युनियन खोल्न नपाउनेजस्ता व्यवस्थालाई लिएर पार्टीगत ट्रेड युनियनहरू समेत असन्तुष्ट छन्। मन्त्री हृदयेश त्रिपाठी, नेकपाका केही सांसद, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी र राजपाको असहमति भए पनि विधेयक पास गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।