काठमाडौं-१४ औं महाधिवेशनको कार्यतालिका परिमार्जनको निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
कोभिड–१९ का कारण महाधिवेशन कार्यतालिका नै प्रभावित बनेपछि यसअघिकै क्रियाशील सदस्यलाई कायम राखेर तोकिएकै मितिमा महाधिवेशन गर्ने विकल्प कांग्रेसमा अघि सारिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्म तय गरिएको थियो। तर कोभिडका कारण महाधिवेशनका कार्यतालिकाअनुसारका काम हुन पाएका छैनन्। आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा नयाँ विकल्पका बारेमा छलफल हुने नेताहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।