• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भारतीय बाँधले नेपालमा भएकाे क्षति जानकारी गराउन कांग्रेसद्वारा सार्वजनिक महत्त्वकाे प्रस्ताव दर्ता

64x64
नेपाल लाइभ सोमबार, असार १५, २०७७  १३:२१
1140x725

काठमाडौं-नेपाली कांग्रेसले झापादेखि कञ्चनपुरसम्मको भू-भागमा भारतले अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरीत बाँध, तटबन्ध र सडक निर्माण गरेको विषयमा सदनमा जानकारी गराउन माग गर्दै सार्वजनिक महत्त्वकाे प्रस्ताव प्रतिनिधिसभामा दर्ता गराएको छ।

वर्षायामको समयमा बाढी,पहिरोले भौतिक क्षति हुने गरेको उल्लेख गर्दै सरकारले पूर्वतयारी नगरेको प्रस्तावमा उल्लेख छ। कांग्रेस सांसद डिला संग्रौलाकाे प्रस्तावलाई लक्ष्मी परियार र देवप्रकाश तिमिल्सनाले समर्थन गरेका छन्।

भारतले अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरीत बाँध, तटबन्ध र सडकको निर्माण गरेको जनाईएको छ। भारतले बलमिचाईपूर्वक काम गरेर नेपाललाई दुःख दिइरहेको जनाउँदै दुई मुलुकबीच स्थायी संयन्त्रका रुपमा सन् २००९ मा नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति गठन गरिएको पनि कार्य प्रभावकारी नभएको जनाईएको छ।

कांग्रेस सांसद त्रयले सोमबार सदनमा दर्ता गराएको सार्वजनिक प्रस्ताव:

श्री सचिव 
प्रतिनिधिसभा।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम देहायको जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न सूचना दिएको छु। 

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव:
हरेक वर्ष वर्षायाम सँगसँगै नेपालमा बाढीपहिरो र डुबानका घटनाहरु हुने गर्दछन्। यसबाट नेपाली जनताले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ। हरेक वर्ष वर्षातको समयमा बाढीपहिरो र डुबानबाट सरदर २०० जनाको मृत्यु र २ अर्ब बराबरको धनमालको नोक्सान हुने गरेको एक आँकडाले देखाएको छ। तर पनि यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कार्ययोजना, समस्याको पहिचान र न्यूनीकरणका बारेमा खासै उपलब्धीमूलक काम भएको देखिंदैन।

मनसुन सक्रिय भएर भारी वर्षा भएसँगै देशका विभिन्न भागमा अहिले नै पहिरो खस्न थालेका छन्। वर्षभरि हुने मध्ये ८० प्रतिशत वर्षा यही ३ महिनाभित्र हुने भएकाले यति बेला पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च छ। यसरी वर्षै  पिच्छे दोहोरिने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सरकारले ल्याएको कार्ययोजना, यसको रोकथाम र नियन्त्रणको लागि प्रभावकारी बन्न सकेका छैनन्। जोखिमयुक्त स्थानबाट वस्ती स्थानान्तरण गरिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय विपत् व्यवस्थापन जोखिम न्यूनीकरण प्राधिकरणले आसन्न मनसुन अवधिमा १२ लाखभन्दा बढी बाढी, डुबान तथा कटानका घटना हुने आँकलन गरेको छ। यस्तै २ लाख ५० वटा पहिरो र पानीजन्य अन्य १५ लाख वटा जोखिमका घटना घट्ने सक्ने अनुमान गरिएको छ। यसको नियन्त्रण गर्न अहिलेदेखि नै पूर्वतयारीमा जुट्न सकेनौं भने प्राकृतिक विपतबाट  हुने धनजनको क्षति हामीले व्यहोर्नुपर्ने देखिन्छ।

नेपालमा ८३ प्रतिशत भूभाग ओगटेको हिमाली र पहाडी क्षेत्रमा मनसुन सक्रिय भएर भारी वर्षा भएसँगै देशका विभिन्न भागमा पहिरो खस्न थालेको छ। राष्ट्रिय विपत् व्यवस्थापन जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार पछिल्लो एक सातामा पहिरोका ३४ वटा घटना भइसकेका छन्। भूकम्पले हल्लाएका र धाँजा पारेका स्थान अहिले पनि पहिरोको जोखिममा छन्। २०७२ को भूकम्पले बढी प्रभावित गोरखा, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक आदि गरी १७ वटा जिल्ला अहिले पनि पहिरोको जोखिममा छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले भूकम्प लगतै विशेषज्ञ परिचालन गरी सबैभन्दा बढी प्रभावित जिल्लाको वस्तीबारे अध्ययन गरेर दिएको प्रतिवेदन अनुरुप विशेषज्ञहरुले दिएको सुझाव पनि कार्यान्वयन हुन सकेको छैन। जोखिम पहिचान भएका वस्तीका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छैन। डेढ लाख घर परिवारहरु पहिरोको उच्च जोखिममा रहेका छन्। वस्तीसँगै ठूला संरचना, विद्युत् आयोजना समेत पहिरोमा पर्ने देखिएको छ।

केही स्थानमा ठूलो पहिरो जाने र ताल फुट्दा ठूलो धनजनको क्षति हुन सक्ने आँकलन पनि गरिएको छ। यसै गरी महाभारत रेन्जको सबै जसो क्षेत्रमा पहिरोको जोखिम हुने त्यतिकै सम्भावना छ। नदी कटान गरेको क्षेत्रमा झनै पहिरोको  सम्भावना छ। नेपालमा राष्ट्रिय राजमार्गको लम्बाइ देशभर १४ हजार ९ सय १३ किमी छ। राजमार्गसँग जोड्न स्थानीयस्तरमा जथाभावी खनिएका सहायक सडकहरुका कारणले पनि पहिरोको जोखिम बढेको छ। खनिएका सडकको अनुगमन नहुँदा विकराल अवस्था सिर्जना भएको छ। मूलतः सडक विस्तार एवं बस्ती विकास गर्न इञ्जिनीयर, भूगर्भ  र विपत् व्यवस्थापनका विज्ञहरुको राय र सुझाव नलिइ त्यसै निर्माण गरिएका संरचनाहरुले अझ जोखिम बढाएका छन्।

नेपालको सम्पूर्ण भूभागको १७ प्रतिशत भाग तराईले ओगटेको छ। प्रतिवर्ष असारदेखि भदौसम्ममा मनसुन सक्रिय भै भारी वर्षा हुँदा झापादेखि कञ्चनपुरसम्मको तराईको भूभाग भारतीय पक्षले एकतर्फी रुपमा दशगजा नजिकै २८ स्थानमा बनाएको बाँध, तटबन्ध र सडकका कारणले नेपाली भूमि डुबानमा परेको छ। हरेक वर्षायाममा सीमावर्ती ८ हजार २ सय हेक्टर नेपाली भूभाग भारतीय अनधिकृत वाँध र तटबन्धका कारण डुबानमा पर्दा धनजनको क्षति हुनाका साथसाथै  हजारौं  नागरिकहरुको उठीबास भएको छ।

नेपालबाट भारततर्फ बग्ने नदी तथा खोलामध्ये अधिकांशमा भारततर्फबाट एकतर्फी संरचना बनाइएकाले नदीको प्राकृतिक बहाव थुनिएर नेपाली भूमि डुबानमा पर्नेगरेको छ। भारतले अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरीत बाँध, तटबन्ध र सडकको निर्माण गरेको छ। कतै नेपाली सीमा छोएर, कतै दशगजामा समेत  गरेर १ हजार ८ सय किमी सडक खनेको छ। भारतले बलमिचाई पूर्वक काम गरेर नेपाललाई दुःख दिइरहेको छ। दुई मुलुकबीच स्थायी संयन्त्रका रुपमा सन् २००९ मा नेपाल भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति गठन गरिएको छ। बैठक बसी प्रतिवेदन पनि दिएको छ। तर कार्यान्वयन भने हुन सकेको छैन। यस्तै चुरेको दोहन, जथाभावी संचालित क्रसर उद्योग, वनको फंडानी र अव्यवस्थित बसोबासका कारणले पनि तराईको ठूलो  भूभाग वर्षेनी डुबानमा पर्ने गरेका छन्। प्रत्येक वर्ष तराईका भूभाग डुबानमा परी नेपाली जनताले जीउधनको क्षति व्यहोर्नुपरेको छ। तसर्थ बाढीपहिरो रोकथाम र नियन्त्रणका लागि यो प्रस्ताव पेश गरेको छु।  सम्मानित सदनमा यो प्रस्तावमाथि  छलफल गर्नुपर्ने निम्न कारणहरु छन्।

छलफल गर्नु पर्नाको कारण: 
१. हरेक वर्ष, वर्षायामको समयमा बाढी र पहिरो जाने र हजारौं व्यक्तिको धनजनको क्षति र उठीबास भएको देख्दादेख्दै पनि सरकारबाट सो सम्बन्धमा पूर्वतयारी नगरिनु।  
२. नेपालको कुन कुन क्षेत्र र स्थानहरुमा बाढी र पहिरोको जोखिम छ, त्यसका लागि विशेषज्ञबाट प्रतिवेदन तयार गर्न लगाई सरकारले कार्ययोजना तर्जुमा गर्नुको साथै कार्यान्वयन गर्नका लागि।
३. नेपालमा के कति घर परिवार बाढीपहिरोको जोखिममा छन्। त्यसको पहिचान गरी वैकल्पिक व्यवस्था गर्नका लागि।
४. २०७२ को भूकम्प पश्चात्  विशेषज्ञ परिचालन गरी सबभन्दा बढी प्रभावित जिल्लाका वस्तीबारे अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले दिएको प्रतिवेदनको सुझावअनुसार सुरक्षित स्थानान्तरण कार्यान्वयन गर्न। 
५. भारतले एकतर्फी रुपमा दशगजामा बाँध, तटबन्ध र सडक निर्माण गरी नेपाली भूभागको डुबान गरेको हुँदा  नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक वार्ता गरी समस्या समाधानका लागि पहल गर्न। 
६. झापादेखि कञ्चनपुरसम्मको भूभागमा के कति स्थानमा भारतले अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरीत बाँध, तटबन्ध र सडकको निर्माण गरेको छ। सो सम्बन्धमा वास्तविकता पत्ता लगाई स्थायी समाधानका लागि पहल गर्न।
७. बाढीपहिरोको नियन्त्रण र रोकथामका लागि चुस्त र प्रभावकारी संयन्त्रको निर्माण गर्न र विपत् व्यवस्थापन प्राधिकरणको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाउन।

सम्बन्धित मन्त्रालय : गृह मन्त्रालय 
प्रस्तावक
हस्ताक्षर :
नाम, थर : डा. डिला संग्रौला (पन्त) 
क्रम संख्या : ७२
समर्थक 
१. हस्ताक्षर :
नाम, थर : लक्ष्मी परियार 
क्रम संख्या : २०८

२. हस्ताक्षर : 
नाम, थर : देव प्रसाद तिमिल्सिना
क्रम संख्या : ८८
मिति : २०७७।०३।१५

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १३:२१
  • #कांग्रेस
  • ##बाँध-क्षति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन यसका लागि गठित ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। महामन्त्री एव... आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने पार्टी सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्र... आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म महासभाको सामान्य बहस हुनेछ। यस क्रममा विश्वक... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्