• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

‘ढुक्क भएर शेयर भर्नुस्, उचित प्रतिफल दिन्छौँ’

64x64
नेपाल लाइभ सोमबार, असार १५, २०७७  १३:३०
1140x725

गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले असार २१ गते सर्वसाधारणलाई शेयर बिक्री गर्दैछ। संस्थाले यसअघि नै आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ। हाल लघुवित्तले २२ जिल्लामा ६० वटा शाखा कार्यालयमार्फत् लघुवित्त सेवा दिँदै आएको छ।

संस्थाको प्राथमिक शेयर निस्कासन (आइपिओ) अघि नेपाल लाइभले प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश:-

असार २१ गतेदेखि सर्वसाधारणलाई आइपिओ जारी गर्दै हुनुहुन्छ, साधना लघुवित्तको अवस्था कस्तो छ?
साधना लघुवित्तको आव्हानपत्रमा प्रकाशित वित्तीय विवरणले संस्थाको यथार्थ वित्तीय अवस्था देखाउँछ। लघुवित्तले स्थापनाको वर्षदेखि नै नाफा हासिल गरेको छ। वित्तीय विवरणसँगै यसको व्यवस्थापन पक्ष पनि जोडिएर आउँछ। जसमा हिजो विकास बैंकको सुरुवात गरी सफल बनाएका, बैंकिङ विशेषज्ञको रूपमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा कार्य गरेका व्यक्तिहरुको टिम सञ्चालक समितिमा छ।

व्यवस्थापन तहमा भन्नुपर्दा करिब २ दशकदेखि म यही क्षेत्रमा कार्य गर्दै आएको छु। व्यवस्थापनका अन्य साथीहरुमा समेत यो क्षेत्रमा काम गरेको लामो अनुभव छ। त्यसैगरी संस्थापक शेयरधनीका रूपमा २ वटा राष्ट्रियस्तरका बैंकहरुको लगानी रहेको छ।

कोराना भाइरसको महामारीले साधना लघुवित्तलाई पनि असर गर्‍यो होला, यो वर्ष संस्थाकाे पर्फर्मेन्स कस्तो आँकलन गर्नुभएको छ?
कोरोना भाइरसको महामारीले अन्य क्षेत्रलाई जस्तै वित्तीय संस्थालाई र अन्य वित्तीय संस्थालाई जस्तै साधना लघुवित्तलाई समेत असर गरेको छ। वर्तमान अवस्थाको कारण संस्थाले विगतमा जुन गतिमा आफ्नो पर्फर्मेन्स हासिल गर्दै आएको थियो, त्यसमा केही संकुचन आएको छ। तर पनि हामीले सुरुवातदेखि नै संस्थाको आधार बनाइसकेको हुँदा हामी वार्षिक लक्ष्यको नजिक छौं। हाम्रा वित्तीय सूचकहरु गत वर्षको तुलनामा बढेका छन्। यसलाई आधार मान्दा हाम्रो मुनाफाको दर समयसापेक्ष राम्रै हुने आँकलन गरिएको छ।

अहिले आइपिओ भर्नेले साधना लघुवित्तबाट प्रतिफल कहिलेदेखि पाउँछन्?
शेयरधनीहरुले यो आर्थिक वर्षको कमाईबाटै अझ गत वर्षहरुको संचित आम्दानीसमेत गरी अर्को वर्ष प्रतिफल पाउनुहुन्छ। अझ स्पष्ट भन्ने हो भने यसपालीको शेयरधनीहरु भाग्यमानी हुनुहुन्छ। जबकि लगानी गरेको १० दिनमै प्रतिफल पाउनुहुन्छ। 

आइपिओपश्चात् साधना लघुवित्तको योजना के छ?
अहिलेसम्मको वित्तीय क्षेत्रको अनुभवलाई प्रयोग गरेर एउटा नमुना लघुवित्तको रूपमा यसलाई स्थापित गर्ने नै सञ्चालक समिति, शेयरधनीहरू लगायत वित्तीय संस्थाको उच्च व्यवस्थापन सबैको मुख्य योजना हो। हामी त्यस दिशामा उन्मुख हुनेछौं। यसका लागि आइपिओपश्चात् साधना लघुवित्तको पुँजीको आधारका साथसाथै संस्थाको सञ्जाल समेत ठूलो हुनेछ।

वित्तीय संस्थाले गत माघबाट मात्रै राष्ट्रियस्तरमा स्तरोन्नति भएको र हाल २२ जिल्लामा मात्र आफ्नो शाखा सञ्जाल कायम गरेको हुँदा आगामी आइपिओमार्फत् देशैभरका लगानीकर्ताहरु संस्थामा आबद्ध हुनुहुनेछ। त्यसपश्चात् आगामी दिनहरूमा यस संस्थाको प्रगतिका लागि अझ बढी स्नेह तथा सदभाव संस्थाले पाउनेछ। जसको फलस्वरूप आवश्यकताअनुसार देशैभरमा शाखा सञ्जाल स्थापना गरी राज्यले लिएको गरिबी निवारणको नीतिलाई लघुवित्त कार्यक्रममार्फत् सहयोग गर्ने हाम्रो प्रतिबद्धतासँगै योजना रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समयमा लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन्, साधना लघुवित्त मर्जरमा जाने सम्बन्धमा कस्तो धारणा रहेको छ ?
पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाहरूमा देखिएको विचलन, अस्वस्थ प्रतिस्पर्धा, तीव्र दोहोरोपना एवं कर्जा असुलीमा देखिएको समस्याले गर्दा पनि नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको परिणात्मक वृद्धिभन्दा गुणात्मक वृद्धिको पाटोलाई मजबुत बनाउन, निरीक्षणमा सहज बनाउन, वित्तीय संस्थाहरुलाई स्थायित्व दिनका साथै लघुवित्त संस्थाहरुलाई सबल र सक्षम पार्न मर्जर/प्राप्तिको नीति ल्याइएको हुनसक्छ।

मलाई के लाग्छ भने राष्ट्र बैंकको यो रणनीति वर्तमान आवश्यकतालाई हेर्दा यो स्वागतयोग्य पनि छ। जसको फलस्वरूप केही लघुवित्त संस्थाहरु स्वस्फूर्तरूपमा मर्जरमा गएका र केही मर्जरका लागि चरणबद्ध छलफलमा रहेका छन्। जहाँसम्म साधना लघुवित्तको मर्जरसम्बन्धी धारणा भन्नुपर्दा साधना लघुवित्तले नेपालको निजी क्षेत्रबाट स्थापित लघुवित्त वित्तीय संस्थाहरुको इतिहासमा नै पहिलोपटक आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई  प्राप्ति गरेको छ र यो लघुवित्त क्षेत्रको एउटा उदाहरणीय काम पनि हो।

साथै प्राप्तिपश्चात् विगतका दुई वित्तीय संस्थाहरु एक भएपश्चात कार्यसञ्चालनमा कुनै समस्या नभएको बरु संस्थाको पुँजीका साथै संस्थाका प्रवर्द्धकहरू समेत थप हुन गई वित्तीय संस्थालाई थप मार्गदर्शन र सहयोग पुग्ने महसुस भएको हुँदा आगामी दिनमा समेत मर्जरलाई प्राथमिकता दिई कार्यान्वयन गर्नका लागि गत साधारणसभाले मर्जर सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ। 

अन्त्यमा, साधना लघुवित्तको आइपिओ किन भर्ने, सर्वसाधारणलाई के भन्नुहुन्छ?
प्रथमत: लघुवित्तको आइपिओ किन भर्ने भन्ने सम्बन्धमा सर्वसाधारणलाई मैले भन्नुपर्छ जस्तो लाग्दैन। तुलनात्मक रूपमा अन्य कम्पनीको भन्दा लघुवित्त कम्पनीको प्रतिफल बढी हुने कुरा सर्वसाधारणले बुझ्नुभएको छ। जसले गर्दा विगतका लघुवित्त कम्पनीको आइपिओमा धेरै गुणा बढी आवेदन परेको देखिन्छ।

Xtrem

Xtrem

जहाँसम्म साधना लघुवित्तको आइपिओको कुरा छ साधनाको विगत ३ वर्षको वित्तीय विवरण हेर्नुस्, त्यहाँ सुरुवातकै वर्षदेखि सञ्चित मुनाफा पाउनुहुनेछ। त्यसैगरी विगतदेखि हालको कठिन समयसम्मको व्यवसाय वृद्धिको सूचकहरुलाई हेर्नुस्, पक्कै पनि सन्तुष्ट हुनुहुनेछ भन्ने विश्वास छ। तसर्थ, संक्षेपमा भन्नुपर्दा ढुक्क भएर शेयर भर्नोस्, स्थापनाको वर्षदेखि नै नाफा कमाएको यस साधना लघुवित्तले उचित प्रतिफल दिन्छ। अर्को शब्दमा भन्नुपर्दा आइपिओ बाँडफाँट भएपश्चात् यस वर्ष नै प्रतिफल दिइने हुँदा यहाँहरूले गर्नुभएको लगानीको १० दिनमै उचित प्रतिफल पाइन्छ, ढुक्क भएर शेयर भर्नोस्।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्