कैलाली-दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका-४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
पहिरोमा परि अन्य ५ जना घाइते भएका छन्। चनमती महताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए।
आइतबार राति जलविद्युतको नहर भत्किँदा गएको पहिरोले अन्य तीन घरमा पनि क्षति पुर्याएको उनले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।