कैलाली-भारतले आज (साेमबार) रातिदेखि भाेलि (मंगलबार) साँझसम्म धाैलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएकाे छ।
साेमबार राति १२ बजेदेखि १६ असार बेलुका पौने ७ बजेसम्म भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने जनाइएकाे हाे।
बाँधकाे सरसफाई गरिने भन्दै सूचनामार्फत् जानकारी दिईएको छ। एनएचपिसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुलाबाट पत्र प्राप्त भएकाले नदी किनाराका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आग्रह गरेका छन् ।
कञ्चनपुर, दार्चुला, बैतडी, डडेल्धुरा भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा गएर कुनै पनि क्रियाकलाप नगर्न र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।