• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

धान दिवसमा प्रधानमन्त्रीको सन्देश : सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन

64x64
नेपाल लाइभ सोमबार, असार १५, २०७७  ०६:५३
1140x725
फाइल फोटो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन बृद्धिमा केन्द्रित हुनु जरुरी रहेको बताएका छन्। र यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने नभएको प्रधानमन्त्रीको भनाई छ।

‘धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्छ’, १७औं धान दिवसको अवसरमा सोमबार दिएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्।

उनले कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्नेछ भन्ने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको बताएका छन्। ‘यसले मुलुकको परनिर्भरता समेत बढाएको छ’, उनको भनाई छ, ‘यसै तथ्यलाई दृष्टिगत गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ।‘

खाद्य संप्रभूताको प्रत्याभूति गर्ने महान दायित्व र संकल्पको कार्यान्वयनका लागि नेपालमा कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नारा अनुरुप आधारभूत खाद्य वस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन सकियोस् भन्नेमा आफूले विशेष प्रयास गरेको प्रधानमन्त्रीको भनाई छ। ‘यसै हेतुले नेपाल सरकारले प्रमुख खाद्यान्न बालीहरुको उत्पादन तथा उपलब्धतामा बृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोग मार्फत् खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने नीति लिएको तथ्य पनि सर्वविदितै छ’, शुभकामना सन्देशमा भनिएको छ।

शुभकामना सन्देशको पूर्ण पाठः
१५ असार २०७७

आज असार १५ गते, राष्ट्रिय धान दिवस । आजको दिनलाई हामीले रोपाइँ महोत्सवका रूपमा पनि मनाउने गरेका छौंँ, किनभने धान हाम्रो मुख्य उत्पादन र मुख्य कृषि बाली हो । त्यसैकारण आज हामी ‘धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने उद्घोषका साथ धान दिवस मनाइरहेका छौं । यस अवसरमा सर्वप्रथम म सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्नेछ भन्ने विश्वाससमेत व्यक्त गर्न चाहन्छु ।

नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो । सोही अनुरुप हाम्रो संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ जारी भइसकेको छ । उक्त ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानूनी अधिकारका रुपमा स्थापित गरेको छ । त्यसैगरी भोकमरीको अन्त्य गर्ने लगायत दिगो विकासका लक्ष्यहरु हासिल गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयन मार्फत खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता पनि सुस्पष्ट रहेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

परापूर्वकालदेखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र साँस्कृतिक महत्व रहँदै आएको पाइन्छ । अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतका रुपमा रहेको धानको खाद्य सुरक्षाको दृष्टिले रणनीतिक महत्व रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा समेत धानको महत्वपूर्ण योगदान रहिआएको छ । त्यसैगरी हाम्रो जीवन चक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरुको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहिआएको छ । यसरी हाम्रो जीवन पद्धतिसँग धानको घनिष्ठ सम्बन्ध कायम रहेको स्पष्ट छ ।

पछिल्ला केही वर्षहरुमा जनसंख्या बृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुबै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको बृद्धिले समेत धान चामलको मागमा तीब्र बृद्धि हुँदै आएको छ । तर माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको छ । यसले मुलुकको परनिर्भरता समेत बढाएको छ । यसै तथ्यलाई दृष्टिगत गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । सिँचाई सुविधा बिस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीऊ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, सार्वजनिक वितरण प्रणालीमा सुधार गर्ने, न्यूनतम समर्थन मूल्यको घोषणा र कार्यान्वयन गर्नेजस्ता विषयमा वर्तमान सरकारले जोड दिदै आएको छ । तथापि देशमा दीगो खाद्य सुरक्षा र आत्मनिर्भरता कायम गर्न तीनवटै तहका सरकारहरुको समन्वयात्मक र एकीकृत प्रयास हुनुपर्ने आवश्यकता रहन्छ । संविधानले कृषि तथा खाद्य सुरक्षा सम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्न म प्रदेश सरकारहरु र स्थानीय तहहरुलाई आह्वान गर्न चाहन्छु ।

हामीले सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन बृद्धिमा केन्द्रित हुनु जरुरी छ । यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले अाधिक उत्पादन भने दिनै पर्छ ।

पर्यटन र अरु त्यस्तै व्यवसायहरुमा गंभीर असर परेकोे यस विषम परिस्थितिमा कृषि र कृषिसम्बद्ध क्षेत्रले रोजगारीका अनेकन् अवसरहरु सिर्जना गर्नुपर्ने खाँचो रहेको छ । र, देशभित्र तथा विदेशमा रोजगारी गुमाएको जनशक्तिलाई रोजगारीका त्यस्ता अवसरहरु र जिविकाको सुनिश्चित आधार उपलब्ध गराउनुपर्ने आवश्यकता छ । कृषिमा आधारित साना, घरेलु र मझौला उद्योगहरु मार्फत उपभोग्य कृषि वस्तुको उत्पादनमा जोड दिँदै आत्मनिर्भर बन्न ध्यान दिनुपर्दछ । साथै, व्यावसायिक प्रयोजनको कृषि उत्पादनमा जोड गरेर आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारमा समेत हाम्रो आन्तरिक खपत र निर्यातजन्य उत्पादनलाई यथेष्ट मात्रामा पु-याएर व्यापारिक कारोबार समेत बढाउनु पर्दछ । यस निम्ति बढी उत्पादन दिने, गुणस्तरीय एवं छिटो फल्ने र पाक्ने बीऊ र उत्पादन कार्यमा मेशीन तथा अन्य आधुनिक विधि र प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने हुन्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खाद्य संप्रभूताको प्रत्याभूति गर्ने महान दायित्व र संकल्पको कार्यान्वयनका लागि नेपालमा कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नारा अनुरुप आधारभूत खाद्य वस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन सकियोस् भन्नेमा हामीले विशेष प्रयाश गरिरहेका छौं । यसै हेतुले नेपाल सरकारले प्रमुख खाद्यान्न बालीहरुको उत्पादन तथा उपलब्धतामा बृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोग मार्फत् खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने नीति लिएको तथ्य पनि सर्वविदितै छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण अहिले पूरै विश्व आक्रान्त छ । यस समस्याले विश्वका अधिकांश देशहरुको अर्थतन्त्र र जनताको जिविकामा ठूलो असर पु-याएको छ । हाम्रोजस्ता सानो अर्थतन्त्र भएको मुलुकमा यसको प्रभाव झनै ठूलो पर्ने देखिएको छ ।

अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन बृद्धि गरेर नै कोभिड १९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने स्पष्ट छ । कृषि क्षेत्रको विकास र बृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो । त्यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण आवश्यक छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम एउटा महत्वपूर्ण र कृषिको आधुनिकीकरण सम्बन्धी बहुआयामिक कार्यक्रम हो । यस कार्यक्रमलाई सफल पार्दै हामीले नेपालमा कृषि क्षेत्रमा एउटा क्रान्ति ल्याउनु छ । त्यस दिशामा अझ संवेदनशीलताका साथ सोचविचार गरी अघि बढ्न म सबैमा आग्रह गर्दछु । र, यस वर्षको धान दिवस उत्साहका साथ मनाउन सम्पूर्ण नेपाली किसान दाजुभाइ तथा दिदीबहिनीहरुमा आह्वान गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु ।

यस दिनले कृषि उत्पादन बढाउने राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुरुप अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।

धन्यवाद ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक
लक्ष्मीपूजामा विद्युतको आपूर्ति झण्डै दोब्बर
एनपीएलमा आज लुम्बिनी र काठमाडौं भिड्दै
सम्बन्धित सामग्री
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको... शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको... शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल मितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई आमन्त्रण गरी उजुरीकर्तासँग छलफ... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
लक्ष्मीपूजामा विद्युतको आपूर्ति झण्डै दोब्बर शनिबार, कात्तिक २१, २०८३
एनपीएलमा आज लुम्बिनी र काठमाडौं भिड्दै शनिबार, कात्तिक २१, २०८३
आज विदेशी मुद्रा खरिद र बिक्री मूल्य कति ? शनिबार, कात्तिक २१, २०८३
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सर्वोच्चको फुलकोर्टका पाँच निर्णय (सर्वोच्चको विज्ञप्तिसहित) सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्