काठमाडौं- असार १५ गतेका लागि तय गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को चुनाव स्थगित भएको छ।
कोभिड १९ महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्डअनुसार २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरले निर्देशन इप्पानलाई निर्देशन दिएपछि चुनाव रोकिएको अध्यक्ष शैलेन्द्र गुरागाईंले नेपाल लाइभलाई बताए।
इप्पानले नयाँ कार्यसमिति चयनका लागि पछिल्लो एक महिनादेखि तयारी गरिरहेको थियो। अध्यक्षका प्रत्यासी सूर्यप्रसाद अधिकारी र कृष्ण आचार्य प्यानलसहित चुनावमा उठेका थिए। तर अधिकांश सदस्यहरुको धारणा भने सर्वसम्मतिबाटै नेतृत्व चयन गरिनुपर्ने भन्ने थियो। यही कारण नयाँ चुनावलाई लिएर इप्पानभित्रै मतान्तर रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।