काठमाडौं- आइतबार थप १७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक १३ महिला र १६६ जना गरी १७९ जना निको भएका हुन्।
योसहित नेपालमा हालसम्म ३ हजार १३ जना उपचारपछि निको भएका छन्।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबारसम्म देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ। शनिबारसम्म नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।