रौतहट- वडाध्यक्षमा पराजित उम्मेदवारका छोराको हत्या भएको छ।
रौतहटको परोहा नगरपालिका-२ का वडाध्यक्षका पराजित उम्मेदवार मोहम्मद सेराजुद्दिनका छोरा अकबर भनिने मोहम्मद अबुसैयवको सोमवार बिहान गोली हानी हत्या गरिएको हो। जिंगडवा बेलविक्षवास्थित आफ्नै घरको बरण्डमा सुतिरहेको अवस्थामा बिहान करिब साढे ३ बजे उनीमाथि गोली प्रहार भएको हो। छातीमा दुई वटा गोली लागेका उनलाई उपचारका लागि गौर अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
रौतहटमा शान्तिपर्ण रुपमा स्थानीय तहको चुनाव सकिए पनि चानुवपछि सुरक्षा चुनौती थपिएको छ। चुनावको विषयमा रौतहटमा एक सातामा दुई जनाको ज्यान गएको छ भने झडपमा केही घाइते भएका छन्।
चुनावलाई लिएर विवाद हुँदा कटहरिया नगरपालिकाको बलुवा टोलमा ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको थियो। दुई दिनअघि मात्रै बृन्दाबनमा कांग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा चार जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।