काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दिउँसो ४ बजेर १५ मिनेटसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। विगत २४ घण्टामा १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ संक्रमित भेटिएका छन्।
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङमा २, झापामा १ र सुनसरीमा १०, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १२, महोत्तरीका ४ र सिरहाका ६, नारायणी अस्पताल वीरगञ्जमा धनुषाका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १, बैतडीका २५, बझाङका ९, बाजुराका २७, बाराका २, दार्चुलाका ३, डोटीका ४६, गोरखाका ५, कैलालीका ३०, कञ्चनपुरका ४२, कपिलवस्तुका ९, रौतहटका ४६ र सल्यानका १ जनाको कोरोना पाइएको छ ।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको प्रयोगशालामा गोरखाका १, नवलपरासी पूर्वका २, नुवाकोटका १ र काठमाडौंका ३, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १२, कैलालीका १ र नवलपरासी पूर्वका २१ जनामा कोरोना भेटिएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गुल्मीका १२, कपिलवस्तुका ८, रौतहटका ५ र सिन्धुलीका ३, वीर अस्पताल काठमाडौंमा रौतहटका ५ र सिन्धुलीका ३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कास्कीका २, लमजुङका ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका १, तनहुँका २ र स्याङजाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ३, गुल्मीका १३, कपिलवस्तुका ४, पाल्पाका ७६, नवलपरासीका १ र रुपन्देहीका ६, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङमा दाङका ७५ र प्यूठानका २० जनामा कोरोना भेटिएको छ।
यस्तै, मन्त्रालयका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका ५, जाजरकोटका २, मुगुका १, सल्यानका ३ र सुर्खेतका १२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लाका ३ जनामा कोरोना पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।