• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन २६, २०८२ Tue, Mar 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

अन्धो कानुनले आँखा खोलिदियो [कथा]

उर्बी शनिबार, असार १३, २०७७  १५:४८
1140x725

सत्य लगभग पर्दा बनिसक्यो; लुक्दैन आजकल

बिश्वास पुरै मरिसक्यो घातको डर लाग्दैन आजकल …

रत्नराज्य क्याम्पसमा भएको कविता गोष्ठीमा तालीको गड्गडाहट बीच मैले आफ्नो कविता वाचन गरिसकेर कुर्सीमा गएर बसेँ।

कविता कार्यक्रम सकिएपछि सबै उठेर नास्ताको टेबलतर्फ लागें। एक कप कालो कफी बोकेर एउटा गोलो टेबललाई घेरा लगाएर बसिरहेका चार कुर्सीमध्ये एउटालाई तानेर एक्लै बसें। दुईजना बहिनीहरु त्यही टेबलनजिक आए र भने, 'हामी यहाँ बस्न हुन्छ दिदी?'

मैले मुखले केही भनिनँ। टाउको हल्लाएर ‘हुन्छ’ मात्रै भनें।

'दिदी, तपाईको कविता हामीलाई खुबै मन पर्‍याे,' उनीहरुले मेरो कविताको तारिफ गर्दै भने।

छेउमा आएपछि बोल्ने बाटो खोजेका होलान् जस्तो लागेर मैले मुसुक्क हाँसेर ‘धन्यवाद’ भने।

तर, एकजनाले मेरो कविताका हरफहरु कण्ठस्थ पारेकी रहिछिन्। सुनाईन् -

Ncell 2
Ncell 2

आँखा लगभग मुहान बनिसक्यो, सुक्दैन आजकल
यो मन लगभग ढुंगा बनिसक्यो, दुख्दैन आजकल

एउटीले कविता सुनाउँदै गर्दा अर्कीले थपी,

'दिदी, तपाईको कवितामा कति पीडा छ, कति दर्द छ। यसको पछाडी पक्कै केही कारण छ होला, हैन?'

'त्यस्तो त केही छैन। मलाई कल्पनामा डुब्न रमाइलो लाग्छ,' मैले कफी पिउँदै उत्तर दिएँ।

दुवैले अनौठो र अविश्वासिलो पाराले मलाई हेरे। मलाई पुरानो घाउ कोट्याउनु थिएन। मैले भित्री तिक्ततालाई अझ तितो कफीले पखाल्ने प्रयास गरें। तर, खाटा परेको घाउ कोट्याएपछि त पक्कै पनि दुख्छ। उनीहरुको जिद्दीको अगाडि मेरो केही लागेन।

***

म अर्थात निशा। म एक निम्नमध्यमवर्गीय परिवारमा जन्मिएर पनि उच्च शिक्षाका लागि काठमाडाैं  आएर पढ्न सफल साधारण नेपाली हुँ।

१५ वर्ष अघिको कुरा हो, बिबीए पास गरिसकेपछि जागिर खोज्दै गर्दा एक फाइनान्समा जागिर पाएँ। आशा गरेभन्दा राम्रो जागिर र पोजिसनले मलाई खुबै खुसी दिएको थियो। अनि हाकिम किरण सरको सदासयताले सुनमा सुगन्धको काम गरेको थियो।

बिहान उठेर अफिस जान कहिल्यै गाह्रो लागेन। अफिसको रमाइलो वातावरणको कारणले बिदा हुँदा बरु नरमाइलो लाग्थ्यो। 

किरण सर सबै कर्मचारीसँग अति नै अात्मीय व्यवहार गर्ने, नजानेको कुरा सिकाउने, गल्ती भएमा सम्झाउने, रिस नदेखाउने खालको एक आदर्श व्यक्ति हुनुहुन्थ्यो।

पुरुषसँग डराउनु पर्ने, तर्सिनु पर्ने हाम्रो समाजमा मलाई किरण सरसँग भने कुनै डर-त्रास थिएन। अझ उहाँकी श्रीमती अनुरुपालाई देखेपछि र भेटेपछि त मलाई अझ ढुक्क भएको थियो। सरकी श्रीमती अनुरुपा नामजस्तै थिईन्। फूल झैं फक्रेकी, अनि सरल र सुशील। त्यस्तो जोडी त मैले अहिलेसम्म देखेकै थिइन भने पनि हुन्छ।

अनुरुपा रुपरंगमात्रै राम्रो नभएर करिअरमा पनि एक सफल व्यक्तित्व, बोलीचालीमा पनि सभ्य। त्यस्तो गज्जबकी श्रीमती भएका कारण सरले कसैलाई पनि गलत नजरले हेर्ने सम्भावना नै थिएन। त्यसैले पनि मलाई किरण सरसँग फिटिक्कै डर थिएन। त्यस्तो भलादमी हाकिम पाएकोमा आफुलाई निकै नै भाग्यमानी ठान्थें।

यसरी काम गर्दै जाँदा, पैसा कमाउँदै जाँदा, मभित्र एक भव्य भविष्यको लोभ पलाउन थाल्यो। त्यस सपनाको दियोमा किरण सरले पनि तेल थपिदिनु भयो, 'हेर निशा, म पनि गाउँमा हुर्के-बढेको मान्छे नै हुँ। आफ्नै  लगन र परिश्रमले सफल हुन सकेको हुँ। तिमीले पनि आँटमात्रै गर्नु पर्छ, सफलताले चुम्न आउँछ।'

म सफल बन्ने सुखद सपनाहरु जम्मा गरेर त्यसैमाथि ओथारो बसें। किरण सरको सहयोगले केही न केही त पक्कै पनि कोरलिन्छ भन्ने आशा लागिरह्यो।

एकदिन शनिबार बिहान किरण सरको फोन आयो। सरले व्यवसाय बिस्तार गर्नका लागि अर्को संस्था खोल्न लागेको बताउनु भयो। उहाँले निकै आत्मीय पाराले त्यस नयाँ संस्थामा मलाई पनि संलग्न गरेर छलफल गर्न र कार्य विभाजन गर्ने बताउनु भयो। उहाँकी श्रीमती अनुरुपा कामको सिलसिलामा बाहिर गएको हुनाले घरमै बसेर छलफल गर्ने उहाँको प्रस्ताव थियो।

मैले पनि एक आज्ञाकारी बालिकाले झैं 'हुन्छ' भनें। दिउँसो तीन बजेको समय पक्का भयो।  

दिउँसो घडीले तीन बजाउनु र म उहाँको घर पुग्नु एकैचाेटि भयो। मूलढोकाको घन्टी बजाएलगत्तै उहाँले ढोका खोल्नु भयो। अनि उहाँले अनौठो, अलौकिक जीवलाई देखेको जस्तो हेरेको हेर्‍यै हुनुभयो-आँखै नझिम्काई। केही बेरेमा सम्हालिएर 'सरी' भन्दै भित्र बोलाउनुभयो।

किरण सरको घर बाहिरबाट त्यति भव्यजस्तो नदेखिए पनि भित्रको सजावट भने कुनै राजसी दरबारको जस्तो थियो। ढोकाभित्र छिर्नेबित्तिकै एक विशाल कोठामा एउटा गोलाकार सोफा र त्यसको बीचमा एउटा टेबल। अगाडि भित्तामा चित्रकला अनि सजावट। अनि माथि झुण्डिएको झल्लर मैले त्यसअघि कहिल्यै देखेकी थिइनँ। 

नव आगन्तुकका सबै औपचारिकता पछि म सोफामा बसेर भित्तामा टाँसिएका फोटो पोस्टर नियालिरहेकी थिएँ। फ्रेममा सजाएर राखिएका श्रीमान-श्रीमतीका फोटा, पुराना पुर्खाका रंगीचंगी चित्र, अनि पारिवारिक फोटो सबै नौला अनि अनौठा। फोटोभन्दा त पूर्वतिरको ढोका छेउको रहेको एक्युरियम बढी चाखलाग्दो। रंगीचंगी माछाहरुको हुल यताउता तैरिरहेका थिए। ती माछाहरु, राम्रा भएर एक्वेरियममा कैद हुनु परेको हो वा एक्वेरियमको सजावटको कारणले तिनीहरु राम्रा देखिएका हुन्, मैले खुट्याउन भने सकिनँ। तर, जे भए पनि खोला तलाउमा स्वतन्त्र घुम्नु जस्तो त एक्वेरियममा पक्कै पनि हुँदैन होला।

किरण सरले, 'के लिने ?' भनेर सोद्धा पो म झल्याँस्स भएँ। मलाइ केही लिनु थिएन  'केही पनि लिन्न' भनें।

टोलाएर हेर्दै सरले अलिक संकोच मान्दै, 'आज त बिछट्टै राम्री देखिएकी छौ' भन्नुभयो। म लाजले भुतुक्कै भएँ।

अलिक उदांग भएको जस्तो, कान तातेको जस्तो, लाली चढेको जस्तो सबै एकैचोटि भयो। अफिसमा सधैं पाइण्ट सर्ट लगाएर जाने गरेको आज  म सुन्तला रंगको बुट्टेदार कुर्थामा सजिएकी थिएँ। त्यसैले सुन्दरता खुलेको होला। नत्र मलाई आफू त्यति राम्रो लाग्ने पनि होइन, नराम्रो लाग्ने पनि होईन। मैले बोल्ने कुरा फेला पारिन, मन्द मुस्कुराहटले नै टारिदिएँ। 

घरको साजसज्जा, झ्याल-ढोका, पर्दा सबैमा कुलीनता र सम्पन्नता झल्किरहेको थियो। यसलाई मैले आफ्नो  कोठासँग दाँजे। मेरो कल्पनाकाे आलिशान महल पनि यस्तै यस्तै नै थियो-अल्लि ठूलो र अलि पुरानो मात्रै नभएको हो।

यतिकैमा सरले मौनता तोड्नु भयो, 'के सोच्दै छौ?'

सरको प्रश्नले, मलाइ अवाक बनायो, 'राम्रो घर रहेछ तपाईको।'

'मैले आफ्नै बलबुताले जोडेको घर हो। मेहनत गर्ने हो भने आफ्नो लक्ष्य नछोड्ने हो भने यो सबै सम्भव हुन्छ।'

मेरो मनकै कुरा बुझेको जस्तो, सरले आशा देखादिनु भयो।

सरले खोल्ने कम्पनी कस्तो होला, के गर्ने होला भन्ने कौतुहलताले मेरो छातीभित्र पुतली फर्फराएजस्तो अनुभव भईरहेको थियो, भित्रभित्रै उत्साहले अधैर्य बनाइरहेको थियो।

'अनि, कस्तो कम्पनी खोल्न लाग्नु भयो त सर?' मैले सोधें। 

उहाँले हलुका पाराले भन्नुभयो, 'एउटा विदेशी पार्टनरसँग मिलेर खोल्ने सोचेको। तिमीले फाइनान्सियल म्यानेजर भएर सहयोग गर्नु पर्‍याे।'

'कम्पनीले गर्ने काम चाँहि?'

'त्यसबारेमा एकछिन पछि अलि विस्तृतमा कुरा गरौंला।' 

एउटा चाखलाग्दो कथा सुन्दासुन्दै रोकिएको जस्तो नमीठो लाग्यो, त्यही बेलामा मेरो कुममा केही महसुस भयो। किरण सरले छुनु भएको रहेछ। अलि-अलि असजिलो त भयो तर तुरुन्तै झट्कार्ने आँट आएन। असहज भएको संकेत गर्न कुम अलिकति चै हल्लाएँ।

अनि सोफाबाट उठेर, कोठा चहार्न लागेँ। त्यही बेला मेरो आँखा बैठक कोठाको एउटा कुनामा रहेको एउटा मूर्तिमा पुग्यो। बैठक कोठामा नै नाङ्गो महिला र पुरुषबीचको कामोत्तेजित क्रियाको मूर्ति देख्दा मलाई अचम्म लाग्यो। 

किरण सर पनि मेरो पछिपछि नै आउनु भएको रहेछ। मैले त्यो मूर्तिलाई हेरेको देखेर उहाँ भन्न थाल्नु भयो, 'मलाई एकदमै मन परेको मूर्ति हो यो।'

कस्ता-कस्ता अनौठा चिज मन पराउँछन् मान्छेले सोच्दै किरण सरको अनुहार हेरे|। उत्साहले भरिएको थियो।

'मानिसलाई प्रकृतिले नै नाङ्गो बनाएको छ, नाङ्गो हुनु प्राकृतिक सौन्दर्य हो, हामीले कृत्रिम वस्त्र धारण गरेर सौन्दर्यलाई छोपेका मात्र हौं।' 

म चुपचाप सुनिरहेको देखेर होला, किरण सरले अरु प्रष्ट्याउन थाल्नु भयो। 

'मान्छेलाई प्रकृतिले बनायो हामीले सामाजिक हुन प्रकृतिलाई नै ढाक्न खोज्यौं । त्यसैले लुगा त आवरणमात्र हो। नाङ्गो हुनु नै शास्वत सत्य हो। प्रकृतिको शास्वतता र सुन्दरता भनेको आवरणविहीन हुनु हो, नांगो हुनु हो। खासमा मान्छे मात्रै त्यस्तो जन्तु हो जो कृतिम आवरणमा छोपिएको छ। हिमाल हेर, पहाड हेर, खोला हेर, झरना हेर, बादल हेर, जून हेर, सूर्य हेर यी सब प्रकृतिक छन। नाङ्गै छन त्यसैले कति सुन्दर पनि छन्।'

यस्ता कुरा मैले केही पनि बुझिनँ। यसै पनि मैले साहित्य त्यति बुझ्दै बुझ्दिनथे। नबुझे पनि मुस्कुराएर भने, 'हजुर त साहित्यकार हुनुपर्ने मान्छे जस्तो पो लाग्यो। तर, मेरो दिमागमा यस्तो साहित्यचाँहि पटक्कै घुस्दैन।'

किरण सरले हाँस्दै भन्नु भयो, 'यो साहित्य होइन निशा, यो सत्य कुरा हो। हाम्रो प्रकृति हामीभन्दा धेरै गुणा चलाख र सत्य छ। चरा चुरुंगीको शरीर प्वाँखले छोपेको हुन्छ। मयुरलाइ प्रकृतिले नै त्यति सुन्दर बनाएको छ। बाघ भालुको शरीर रौंले छोपेको हुन्छ। छोप्नु पर्ने कुरा त प्रकृति आँफैले छोपेको हुन्छ नि होइन?'

मैले 'खै?' भनेर अज्ञानता व्यक्त गरे।

सरले मलाई सम्झाउने हेतुले उत्साहित हुँदै थप्नुभयो- 'हो छोप्नु पर्ने कुरा सबै प्रकृतिक रुपमै छोपेको हुन्छ। त्यस्तै हाम्रो शरीरलाई  पनि छोप्नु पर्ने होइन, छोप्नु पर्ने टाउकोलाइ प्रकृतिले नै कपालले छोपिदिएको हुन्छ। अनि छोप्नु पर्ने गोप्य अंग पनि प्रकृति ले नै छोपिदिएको हुन्छ?'

यति भन्दै सरले मूर्तिकी महिलाको कम्मर तलको भागतर्फ इंगित गर्नुभयो । सरका यस्ता कुरा सुन्दा म लाजले रातोपिरो भएँ। यो बारेमा अरु कुरा सुन्न सक्दिनँजस्तो लाग्यो। 

हतार-हतार मैले कुरा मोड्दै भनें, 'भयो भयो यो प्रकृतिको कुरा नगरौं। अब कामको कुरा गरौ। कम्पनीको बारेमा कुरा गरौ। 

सरले मैले भनेको कुरा सुनेको हो कि होइन जस्तो गरेर रहस्यमयी मुस्कान फाल्दै मेरो अनुहारमा एकटक हेरिरहेको मलाई कत्ति पनि मन परेन। मलाई कम्पनीको बारेमा कुरा गर्न हतार लागिसकेको थियो, तर सरले भने त्यस विषय निकाल्न नै चाहनुभएन।

'पख न, आरामसँग कम्पनीको बारेमा चर्चा गरौंला। बरू भन, के लिन्छ्यौ? वाइन, बियर, कि व्हिस्की?'

'मैले त त्यस्तो केही लिने गरेकी छैन सर।'

'ठीक छ। तिमीलाई अप्ठेराे  हुन्न भने, म लिउँ त ?'

अरुले जे लिए पनि नलिए पनि मलाई केही हुने होइन। मैले मुन्टो हल्लाएर हस् भनें।

मैले फेन्टा लिए। सरले व्हिस्की लिनु भयो। अघिको प्रकृतिसम्बन्धी र गोप्य अंगसम्बन्धी कुराबाट त छुट्करा पाइयो भनेर खुसी मान्दै मैले फ्रिजको चिसो फेन्टाको एक चुस्की लिएँ। ओठ, मुख हुँदै दिमाग पनि अलिकति शान्त भयो।

किरण सरले टेबलमा काजु, पेस्ता आदि भएको एउटा ट्रे ल्याएर राख्नु भयो अनि ह्विस्कीको एक लामो चुस्की लिनु भयो। पुरा भरिएको ह्विस्की गिलासलाई आधा पारेर सर सोफामा मेरो छेउमै आएर बस्नु भयो। सरले पिएको देखेर अचम्म मान्दा मान्दै उहाँ आफ्नै छेउमा बस्दा थप अफ्ठेरो अनुभव भयो। म अलिक पर सरें।

'किन पर? अलिक नजिक आउ न।'

सरले भनेपछि मानिहाल्नु पर्छ कि झैं म अलिक नजिक गएँ। त्यसपछि फेरि अप्ठेरो लाग्यो, अलि पर नै बसें। त्यही बेला सरले हात अघि बढाएर मेरो हात समात्दा केही बिझाएजस्तो, केही पोले जस्तो हल्का पीडा अनुभव भयो।

'तिमी जति राम्री छ्याै, त्यति नै असल पनि छ्याै,' सरको यस्तो तारिफले पनि त्यो पीडालाई शान्त पार्न सफल भएन। तर यो सबबाट बेखबर किरण सरले मेरा औंलाहरू खेलाउँदै भन्नुभयो, 'कति नरम हुन् यी हात, त्यो मनजस्तै।'

मलाई भित्रैदेखि निकै अप्ठ्यारो महसुस भयो। जति मन नपरे पनि, जति अप्ठ्यारो लागे पनि मैले आफूले आफैंलाई सम्हालिरहेको थिएँ। आखिर जागिरको सवाल थियो- भबिष्यको सवाल थियो। प्रगति गर्नु थियो, सबल बन्नु थियो। त्यसबेला मेरो हालत शिकारीको डरले भयग्रस्त मृगको जस्तो थियो। एउटा हातले मेरो हात नछोडी अर्को हातले सरले ह्विस्कीको गिलास उठाएर रित्याउनु भयो।

डराइडराइ पनि हिम्मत गरेर मैले उहाँको हातबाट आफ्नो हात हटाउदै भनें, 'अलि बिस्तारै खानु नि, तपाईलाई ह्विस्की लाग्यो जस्तो छ।'

मेरो डरले सरको हिम्मत झन बढेको पो हो कि झैं लाग्यो। शिकारीले शिकार नजिकै पाउँदा खुसी भएजस्तो, भाग्न सक्दैन भन्ने बुझेको जस्तो। कहाँ जालास् मछली मेरै ढडिया भनेको जस्तो। तर, मलाई शिकार हुनु थिएन।

त्यहाँ, त्यसरी सोफामा किरण सरसँग धेरैबेर बस्नु उचित छैन भन्ने लाग्यो। म उठ्नै लागेको बेलामा सरले झम्टिनु भयो। एक्कासी अँगालाे हाल्नु भयो।

'आउ, हामी अभिसप्त बनौ प्रेमरागमा,' मलाई जे कुराको डर थियो, त्यही नै सरको मुखबाट सुन्दा नमीठो लाग्यो।

मैले उहाँको हात झट्कार्दै भनें, 'सरी सर, मलाई माफ गर्नुहाेस्, तपाईंले मलाई गलत सोच्नुभयो। मलाई यस्तो फिटिक्कै मन पर्दैन। प्लिज यस्तो वाहियात व्यवहार नगर्नुस्। म त्यस्तो व्यक्ति पनि होइन।"

सरको हात हटाउँदै आँखाभरि आँसु पारेर मैले भीख मागें, 'सर, मलाइ छोडिदिनुस्। मलाई हजुरबाट यस्तो अपेक्षा पनि थिएन। म जान्छु सर।'

अब दृढ निश्चयका साथ म हिड्न मात्र के आँटेकी थिएँ, किरण सरले पछाडीबाट आएर ग्वाम्लाङ अँगालो हाल्नु भयो। मैले केही सोच्न पनि नभ्याउँदै उहाँले मलाई सोफामा लडाउनु भयो। त्यसो गर्दा मेरो खुट्टा टेबलमा ठोकियो। टेबलमा भएको काजु पेस्ताको प्लेट उछिट्टिएर भुइँमा बजारिँदा पनि उहाँले केही वास्ता गर्नुभएन।

मलाई तल पारेर सरले ममाथि लडेर निर्दयी पाराले थिच्नु भयो। मैले सरलाई धकेल्ने प्रयास गरिरहें। तर, उहाँजस्तो गठिलो शरीर भएको मान्छेलाई मैले हल्लाउन पनि सकिनँ। मैले जति सरलाई आफ्नो शरीरबाट हटाउने प्रयास गरेँं, उहाँले त्यति नै जबर्जस्ति थिचिरहनु भयो। उहाँको एउटा हात मेरो टाउकोको पछाडी समातेर उहाँले मेरो गालामा चुम्बन गर्ने प्रयत्न गरिरहँदा उहाँको अर्को हात मेरो छातीमा मडारिइरहेको थियो। एक त टाउकोमा कपाल तानिएको दुखाइ अर्कोतिर छातीमा ठुँगिरहेको अर्को हात मलाई असह्य पीडाको अनुभव भईरहेको थियो।  मैले हिम्मत जुटाएर न्वारनदेखिको बल लगाएर किरण सरको छातिमा धकेलेँ। तर, सफल हुन सकिनँ। हातखुट्टा सबै एकैचोटि चल्मलाउँदा मेरो घुँडाले उहाँको गोप्य अंगमा लाग्न पुगेछ। उहाँको मुखबाट 'ऐया' निस्कनेबित्तिकै मैले फेरि भएभरको बल लगाएर धेकेलें।

ठूलै युद्ध जितेजस्तो मैले मेरो ब्याग समातेर सल सम्हाल्दै भाग्नै आँटेकी थिएँ, सरले फेरि मेरो खुट्टा समात्नु भयो। फेरि उठेर पछाडीबाट करप्पै पारेर समाउँदा म हल न चल भएँ। एउटा भद्र र प्रतिष्ठित भनेको व्यक्तिको यस्तो राक्षसी रुप देख्दा मलाई  विश्वासै लागिरहेको थिएन। ह्विस्की त निहुँमात्रै थियो। यो सबै पहिलेदेखि नै योजना बनाएको त प्रष्टै भयो। अघि नै खोल्ने भनेको नयाँ कम्पनी पनि गफमात्रै रहेछ- मलाई फसाउने बल्छी मात्रै।

पछाडीबाट मेरो घाँटीमा उसको ओठ जोतियो। चुम्बन त मीठो हुनु पर्ने, यस्तो नमीठो पनि चुम्बन हुन्छ र? चुम्बनमा त हराउन मन लाग्नु पर्ने हो, भागुँ भागुँ लाग्ने पनि चुम्बन हुन्छन् र? यसरी बन्धनबाट फुत्कुँ-फुत्कुँ लाग्ने पनि कहीँ सम्बन्ध हुन्छ र?

किरण सरले मलाई फेरि सोफामा धकेल्नुभयो, अति नै निर्दयी पाराले। मेरो टाउको सोफाको कुनामा जोतियो। मलाई सास फेर्न अप्ठ्यारो भएजस्तो भयो। किरण सरको देब्रे हातले मेरो टाउको थिचिरहेको थियो भने उहाँको बलिष्ठ शरीरले मेरो ढाड। मेरो दाहिने हात सोफा र आफ्नै शरीरको बीचमा थिचिएर चलमल गर्न नमिल्ने अवस्थामा थियो भने देब्रेहात जति चलमलाए पनि चराको भाँचिएको पँखेटाजस्तो केही गर्न नसक्ने अवस्थामा पुगेको थियो। अगाडिबाट त खुट्टा फालेर प्रतिकार गर्न मिल्थ्यो, घोप्टो पारिँदा खुट्टाले पनि केही प्रतिकार गर्न नसकिने रहेछ।

त्यही बेला आएको च्वाट्ट आवाजले मलाई थप तर्सायो। त्योसँगै कम्मरमा कसिएको मेरो सुरुवाल खुकुलो बन्यो। मलाई भेलमा बग्नबाट बचाईरहेको एउटै त्यांन्द्रो पनि टुटेजस्तो लाग्यो, नियन्त्रण गुम्दै गएजस्तो अनुभव भयो। म जति-जति भाग्न खोज्छु त्यति- त्यति किरण सरको बन्धनमा बाँधिएजस्तो अनुभव हुन थाल्यो; पासोमा परेको जनावरजस्तो, जति उछिट्टिने प्रयास गरे पनि केही काम लागेन। डर, पीर, त्रास, छटपटी सबैले एकैचाेटि एकै गासमा निल्न लागेजस्तो भयो। मलाई त्यहीँ प्राण त्याग गर्न मन लाग्यो। तर, मन लाग्दैमा सबै कुरा कहाँ पुग्छ र! 

'प्लिज सर, बिन्ति गर्छु। मलाई छाडिदिनुस्,' बल्लबल्ल फुत्केको मेरो याचना बहिरो कानमा परे। 'सर, अरु जे-जे भन्नु हुन्छ म सबै गर्छु, यस्तो त नगरिदिनुस्।'

मेरो अनुरोध, मेरो गिडगिडाहटले सरलाई फिटिक्कै छोएन। मेरो विवसता, बेसहारापनले त उहाँलाई झन् ढुक्क बनायो, झन् आँटिलो बनायो। त्यसैले त, म ज्यूँदै मरिरहँदा उहाँ त मेरो शरीरको अवलोकनमै व्यट्स्त हुनुहुन्थ्यो।

 'आहा, कति राम्रो,' भन्दै र्‍याल काढिरहनुभएको थियो। सुरुवाल सारेर मेरो छट्पटीलाई सहलाई रहनुभएको थियो।

किरण सरको हातले मेरो टाउको नथिचेको भए मैले पनि जानेकी थिएँ। तर त्यसरी टाउको थिचेपछि मेरो पुरै शरीर नै प्रतिकार गर्न नसक्ने बन्यो। त्यसैबेला किरण सर मेरो पछाडि चढेजस्तो लाग्यो। तातो आगोको मुस्लाले मेरो पछाडी पोल्यो।

म नाईँ-नाईँ भन्दै चिच्याउँदै थिएँ। तर मेरो पुकार सुन्ने कोही थिएन। पहाडले मलाई थिचिरहेको थियो, अजंगको सर्पले मलाई निल्नै लागेको थियो। सर्प र्‍याल  काढ्दै मलाई डस्न तयार थियो। मैले खुट्टालाई सक्दो कडा गरेर जोडेर बस्दा पनि त्यो अजंगको सर्परुपि आगोको ज्वालाले मलाई चिथोरिरहेको थियो, खोतलिरहेको थियो।

त्यसै समयमा फोनको घण्टी बज्यो। फोनको आवाजले एकछिन सतर्क भएको सर्प फेरि आफ्नो गुफा खोज्नमा नै तल्लीन हुन थाल्यो। मेरो बेचैनी बढ्दै गर्दा फेरि फोन बज्यो, अनि बजिरह्यो । किरण सरले टि-टेबलमा भएको फोन लिन लम्कदै गर्दा मैले सक्दो बल गरेर उठ्ने प्रयास गरेँ। जुरुक्क उठ्न नपाउँदै किरण सरले मेरो ढाडमा धकालेर सुताउने प्रयास गर्नुभयो। त्यही बेला मेरो आँखा सोफाको देब्रे साइडमा रहेको टिटेबलमा सजाइएको फुलदानीमा पुग्यो। हतारहतार दाहिने हातले फुलदानी टिपेर फनक्क फर्केर अनुमानकै भरमा बजार्दा पनि त्यो कहाँ बज्रिंदै छ भन्ने मलाई एकरत्ति हेक्का थिएन। कहिलेकाँही अँधेरोमा फालेको तीरले पनि शिकार गर्छ भने झैं फुलदानी किरण सरको टाउकोमा नै बज्रन पुग्यो। फोन टिप्न अघि बढेको किरण सरको हात फोन छोडेर टाउको समात्न पुग्यो।

त्यसलगत्तै, म फेरि सोफामा नै ढलें, जगतमा अनौठो शान्ति छायो। सबै चिज हलुका अनुभव भईरहेको थियो। मैले आँखा चिम्लेर ममाथि खनिएको बोझ बिस्तारै चिप्लिँदै गएको अनुभवसँगै एक लामो सास फेरेँ। अघिको कर्कस फोनको घण्टी अहिले अति शान्तिका साथ सुमधुर बजिरहेको थियो। आफूमाथि मडारिइरहेको एक भयंकर संकटको बादल हट्दै गएको जस्तो अनुभव गर्न नपाउँदै मलाई  बल्ल भाग्ने होस आयो।

त्यत्तिकैमा म फूर्तिका साथ उठेर झोला खोज्दै गर्दा किरण सर भुइँमा लडिरहेको देखें। भुइँमा बिच्छाएको गलैंचा आलो रगतले भिजेको थियो, उहाँको एउटा हात टाउकोनजिकै निस्तेज लडिरहेको थियो।

***

किरण सरको मृत्युसँगै मेरो सपनाको महल पनि गर्ल्यांमगुर्लुम ढल्यो। एउटा सपना टुट्नुको पीडाभन्दा पनि ठूलो पीडा एउटा विश्वास टुट्नुमा हुने रहेछ। प्रहरीलाई मैले सबै घटनाको विवरण दिएर हत्याको जिम्मेवारी लिँदा पनि मलाई कुनै पश्चाताप थिएन। आँखामा पट्टी बाँधेको कानुनले मैले भोगेको अन्यायलाई अपराध देखेन, मैले आफ्नो आत्मरक्षा गर्नुलाई भने अपराध देख्यो। पीडितलाई नै उल्टो जेलको भागिदार ठहर्‍यायाे। 

कलम लगभग गंगा बनिसक्यो, सुक्दैन आजकल
आँट लगभग हिमाल बनिसक्यो, झुक्दैन आजकल

तर, एउटा अध्यायको अन्त्यसँगै अर्को अध्यायको सुरुवात हुन्छ बन्ने कुराचाहि प्रमाणित नै भयो। जेल बसाइले मेरो आँखा खोल्यो, मभित्र लुकेर रहेको एक कवियत्रीलाई जन्म दियो। आशाको किरणमा किरण सरको ग्रहण लागे पनि त्यही किरणले कवियत्री निशालाई खोजेर निकाली छोड्यो। जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ। जे हुनेछ, त्यो पनि राम्रै हुनेछ।तिमी भूतकालको पश्चाताप नगर, भविष्यको पनि चिन्ता नगर।

अस्तु!

मुख्य तस्बिर : pinterest

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
सुनचाँदीको मूल्य बढ्यो
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी मंगलबार, फागुन २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, फागुन २६, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्