नुवाकोट– हराएको ४० दिनपछि रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ मृतावस्थामा भेट्टिएका छन् ।
तामाङको शव नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको थियो। उक्त शव गत फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए।
शवको जिल्ला अस्पताल, त्रिशूलीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ५७ वर्षीय तामाङ मकै पिस्न गाउँकै घट्टमा गएको समयमा हराएका थिए। उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।