काठमाडौं- विगत २४ घण्टामा देशका २२ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४३४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो पटक ४८ जना महिला र ३८४ पुरुषमा कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापा र सुनसरीका एकएक जनामा कोरोना संक्रमण देखिएको छ। यसैगरी, सप्तरीका ८ र सुनसरीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जनकपुरमा धनुषाका ९, महोत्तरीका ५ र सिरहाका २ जनामा कोरोना पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १३, बैतडीका १, बझाङका १६, बाजुराका ४, डडेल्धुराका १२, कैलालीका २, कञ्चनपुरका ५९, रौतहटका ३८, सर्लाहीका ५ जनामा समेत कोरोना संक्रमण पाइएको छ।
यस्तै भरतपुरको प्रयोगशालामा पाल्पाका ९३ जनामा कोरोना संक्रमण पाइएको छ भने हेटौडा प्रयोगशालामा बाराबा १ जनामा समेत कोरोना पुष्टि भएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डोल्पका १, काठमाडौंका ५, ललितपुरका १, सुनसरीका १ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भक्तपुरका ४ जनामा कोरोना संक्रमण पाइएको छ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवलपरासीका ५ र तनहुँका ९ जनामा समेत कोरोना पुष्टि भएको हो।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २, म्याग्दीका ६ र स्याङ्जाका १ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा नवलपरासीका ३ जना, प्यूठानका ७, पाल्पाका २८, र रुपन्देहीका ७ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। भेरी अस्पतालको प्रयोगशालामा रुकुम पश्चिमका १ र बर्दियाका एक जना कोरोना संक्रमण भएको पाइएको छ।
सुर्खेतको प्रयोगशालामा बैतडीका १, बझाङका २, बाजुराक १, दैलेखका १८, दार्चुलाका १, धादिङका १, इलामका १, जुम्लाका १, कैलालीका १, कालीकोटका १, कास्कीका १, लमजुङका १, सल्यानका १ र सुर्खेतका १३ जनामा कोरोना भाइरस पाइएको छ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बैतडीका १, बाजुराका ४, बाँकेका ३, दैलेखका १, दाङका १, धादिङका १, गोरखाका २, गुल्मीका १, इलामका १, जुम्लाका १, कञ्चनपुरका १, खोटाङका १, लमजुङका १, ओखलढुंगाका २, पाल्पाका १ रामेछापका २ र ताप्लेजुङका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको छ। हालसम्म २ हजार ६ सय ५० जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।