काठमाडौं- बिहीबार थप ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक १९ महिला र २९३ जना गरी ३१२ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार ६ सय ५० उपचारपछि निको भएका छन्।
प्रवक्ता डा गौतमका अनुसार बुधबारसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो। बिहीबारसम्म नेपालमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।