मलेखु– दक्षिणी धादिङको धुनीबेँशी नगरपालिका–६ स्थित इँटाभट्टामा मंगलबार एक मजदूरको मृत्यु भएको छ।
कालिका इँटा उद्योगमा काम गर्ने मजदूर बाँके जिल्ला निवासी ५५ वर्षीय मुन्ची चौहानको मृत्यु भएको इलाका प्रहरी कार्यालय, खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए।
इँटाभट्टामा सुतिरहेको अवस्थामा मृत फेला परेकाले अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।