• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधिसभा पुग्यो ‘फोन ट्यापिङ’ गर्न पाउने विवादित कानुन, होला त संशोधन?

64x64
दुर्गा दुलाल मंगलबार, असार ९, २०७७  २२:३१
1140x725
फाइल तस्बिर

काठमाडौँ– अदालतको पूर्वस्वीकृति नलिई राष्ट्रिय अनुसन्धान विभागले कुनै व्यक्तिले फोनमा गरेको कुराकानी रेकर्ड (इन्टरसेप्सन) गर्ने अधिकार हुने उल्लेख भएको ‘नेपाल विशेष सेवाको गठन र संञ्चालनसम्बन्धी विधेयक मंगलबार प्रतिनिधिसभामा पेश भएको छ।

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्म्फेले मंगलबार प्रतिनिधिसभामा पेस गरेको ‘नेपाल विशेष सेवाको गठन र संञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यो व्यवस्था छ। ६ महिना लामो छलफलपछि राष्ट्रियसभाबाट पास भएर आएको विधेयक सैद्धान्तिक छलफलका लागि पेश भएको थियो। 

२०७६ मंसिर २५ गते संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा दर्ता भएको विधेयक २०७७ जेठ ७ मा पारित भएको थियो। विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमै हुँदा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले आपत्ति जनाएका थिए।

कांग्रेसले विधेयकको दफा ९ र १० को व्यवस्थाप्रति असहमति जनाएको थियो। विधायन व्यवस्थपान समितिमा पारित गर्ने क्रममा भएको छलफलमा सत्ता पक्षबाट कोमल वलीले बोल्दै दीर्घकालीन सोच राखेर विधेयक ल्याएको दाबी गरेकी थिइन्। कांग्रेसले असहमति जनाए पनि विधेयक २०७६ चैत ५ मा राष्ट्रियसभामा पुगेको थियो।

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अनुसन्धान विभागका अधिकारीले प्रस्तावित विधेयकमा सन्दिग्ध र निगरानीमा रहेका व्यक्तिको मात्रै फोन ट्यापिङ गर्ने व्यवस्था हटाएर जोसुकै व्यक्तिको फोन रेकर्ड गर्ने प्रावधान गर्न प्रस्ताव गरेको थियो। सुरुमा निगरानीमा रहेको र शंकास्पद व्यक्तिको मात्र गर्ने मस्यौदा विधेयक प्रस्ताव गरिएको थियो।

विधायन व्यवस्थापन समितिको चैत ५ गते बसेको बैठकले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफलमा फोनमा गरेको कुराकानी रेकर्ड (इन्टरसेप्सन) गर्ने प्रावधानमा नयाँ व्यवस्था राख्न प्रस्ताव अन्तिम टुङ्गो लगाएएपछि यो व्यवस्था कायम भएको थियो। 

राष्ट्रियसभाबाट पारित भएको विधेयक प्रतिनिधिसभामा पुगेलगत्तै सत्तापक्ष र प्रतिपक्षका बीच मतभेद शुरु भइसकेको छ। सैद्धान्तिक छलफलमा भाग लिएका सत्तापक्षका सांसदहरुले विधेयकको सर्मथन गरेका थिए। तर प्रतिपक्षका सांसदहरूले नागरिकको अधिकार कुण्ठित हुने प्रावधानहरु रहेको भन्दै संशोधनको माग गरेका थिए। 

विधेयकमा राखिएका कतिपय प्रावधानको सरकारी पक्षले दुरुपयोग गरे व्यक्तिगत गोपनीयता भङ्ग हुनसक्छ। विपक्षहरुको मत त्यही हो। विधेयकमाथिको दफावार छलफलका क्रममा प्रतिपक्ष कांग्रेसलगायतका दलका सांसद र अधिकारकर्मीहरूले नागरिकलाई संविधानले दिएको स्वतन्त्रता र गोपनीयताको हक उल्लंघन हुनेगरी कानुन बनाउन नहुने तर्क गर्दै संशोधनको माग गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तर, नेकपाका सांसदहरूले शंकास्पद लागेका जोसुकैले पनि फोनमा गरेको कुराकानी रेकर्ड गरेर सुन्न पाउने अधिकार जासुसी संस्थालाई दिनुपर्ने प्रधानमन्त्री कार्यालयबाट प्रस्तावित व्यवस्था हटाउन तयार भएनन्। मुलुकको सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नेपाली नागरिकको सुरक्षासँग जोडिएका कुराहरू समितिमा छलफल भएकाले त्यसलाई अगाडि बढाएको उनीहरुको दाबी थियो। 

के छ दफा १० मा?
प्रस्तावित विधेयकको दफा १० को सूचना संकलनसम्बन्धी विशेष व्यवस्था छ। यसको उपदफा १ मा लेखिएको छ, ‘सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापका शिलशिलामा विभागले सन्दिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघ संस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न सक्नेछ।’

विधेयकको यो दफालाई लिएर संसदमा र सार्वजनिक रूपमा सरकारको आलोचना भएको थियो। समितिमा छलफलका क्रममा प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपाका सांसदले पनि विरोध जनाएका थिए। 

तर, उक्त विधेयकमा उक्त  दिन बसेको समिति बैठकले सुधार गर्ने भनिए पनि बेलुकी ३ बजे बसेको बैठकमा भने जसको पनि फोन रेकर्ड गर्ने अधिकार गुप्तचर विभागलाई दिने प्रस्ताव पारित गरेको थियो। यसरी पारित भएको प्रस्तावमा भनिएको छ, ‘यस ऐन बमोजिम सूचना संकलन तथा प्रतिगुप्चतरी क्रियाकलापका सिलसिलामा अन्य माध्यमबाट सूचना संकलनका क्रममा कुनै व्यक्ति, संघ संस्थाबाट कुनै सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय विवरणलाई निगरानी, अनुगमन र इन्टरसेप्सन गरी अभिलेख गर्न सक्नेछ।’

यो व्यवस्था प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि गुप्तचर विभागले जोसुकैका कुराकानी सुन्न र रेकर्ड गर्न कानुनी अधिकार प्राप्त गर्नेछ। सञ्चार माध्यम र सामाजिक सञ्जाललाई प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको अनुसन्धान विभागका अधिकारीले अनुगमन वा निगरानी गरी आवश्यकता अनुसार विषयवस्तु प्राप्त गर्नुलाई इन्टरसेप्सनका रूपमा परिभाषित गर्ने अधिकार पाउने छ। 

दुवै सदनमा कांग्रेसको विरोध, सर्मथनमा नेकपा सांसद
राष्ट्रियसभामा पनि शुरुदेखि नै दफा १० को व्यवस्थाप्रति प्रतिपक्षी दल कांग्रेसका सांसदहरू राधेश्याम अधिकारी र  जितेन्द्रनारायण देवले नागरिकका गोपनीयता हनन हुनेगरी फोन इन्टरसेप्सन गर्ने कानुनी छुट दिन खोजेकाले त्यस्तो छुट दिन नहुने धारणा राखेका थिए।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रतिपक्ष नेपाली काग्रेस दफा १० हटाउनु पर्ने पक्षमा उभियो। सांसदहरु गगन थापा, पुष्पा भुसाल, दिलेन्द्र बडूले यस्तो व्यवस्था संशोधन हुनुपर्ने माग गरे। तर सत्तापक्षबाट बोलेका नवराज सिलवाल, खगराज अधिकारी लगायतले विधेयकको सर्मथन गर्दै आवश्यक कानुन आउन लागेको टिप्पणी गरेका थिए। 

संशोधन गर्ला त प्रतिनिधिसभाले?
विधेयकमाथि भर्खर सैद्धान्तिक छलफल शुरु भएको छ। यो विधेयकमाथि संशोधन गराउन चाहेमा पुनः प्रतिनिधिसभाको समितिमा पठाउनु पर्नेछ। तर राष्ट्रियसभाको समितिले लामो समय छलफल गरेर बहुमतले पारित गरेकाले प्रतिनिधिसभाले पुनः समितिमा पठाएर छलफल गर्ने सम्भावना देखिँदैन।

समितिमा पठाएमा प्रधानमन्त्री कार्यालय अन्तर्गतको निकाय भएकाले यसको छलफल राज्य व्यवस्था समितिले छलफल गर्न सक्ने देखिन्छ। साथै कानुन न्याय तथा मानव अधिकार समितिले पनि चासो दिएमा यसमाथि संशोधनको कार्य गर्न सक्ने छ। तर राज्य व्यवस्था समिति नै यसको छलफल गर्ने सम्भावना न्यून छ।

सरकारले यो विधेयकको पक्षमा भएको र उक्त समिति पनि सरकारकै नेतृत्वको दलको सभापति भएकाले पुनः समितिमा पुगेर छलफल हुने सम्भावना न्यून छ। राष्ट्रियसभाबाट बहुमतले पारित भएर आएको र प्रतिनिधिसभाबाट संशोधन भएमा पुन राष्ट्रियसभामा अनुमोदनका लागि जानुपर्ने भएकाले यति लामो प्रक्रियामा जाने देखिँदैन। नेकपाका सांसद पक्षमा रहेकाले नेपाली कांग्रेस विपक्षमा रहे पनि यो विधेयक रोकिन सम्भव देखिन्न।

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  २२:३१
  • #फोन-ट्यापिङ-गर्ने-विधेयक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेको छ। केही स्थानमा भने व... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? दोहामा छोटो समयको बसाइपछि प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्