एजेन्सी- अष्ट्रेलियामा एक वृद्धालाई ठगेको आरोपमा दुई जना नेपाली पक्राउ परेका छन्। ८५ वर्षीया वृद्धालाई ठगेको आरोपमा २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई पक्राउ गरेको हो। नाइन न्युजका अनुसार ती वृद्धाको क्रेडिट कार्ड हराएको थियो। उनलाई कसैले कमनवेल्ठ्ठ बैंकबाट भन्दै फोन गरेका थिए।
फोनबाट उनीहरुले ती वृद्धाको सबै विवरणहरू लिएका थिए। पछि उनको अकाउन्टबाट चार हजार हरायो। त्यसपछि उनले प्रहरीलाई जानकारी दिएकी थिइन्। प्रहरीले यी दुवैलाई ढाँटेर पैसा असुलेको आरोपमा पक्राउ गरेको थियो।
प्रहरीले उनीहरू वृद्धाहरुलाई लक्षित गरेर ठगीमा सक्रिय गिरोहको सदस्य भएको आशंका गरेको छ। यी दुवैलाई कोर्टमा पेश गरिएको थियो। अदालतले उनीहरुलाई धरौटीमा छाडेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।