जनकपुरधाम- प्रदेश २ को मन्त्रिपरिषद् बैठकले ५ वटा विधेयकलाई स्वीकृत गरेको छ।
मंगलबार साँझ बसेको बैठकले लिखत सम्बन्धी प्रमाणीकरण विधेयक, स्थानीय तह सञ्चालन सम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्बन्धी विधेयक, प्रदेशसभा सदस्यहरुको सेवा सुविधा सम्बन्धी विधेयक, स्थानीय तह पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विधेयकलाई स्वीकृत प्रदान गरेको छ।
त्यसैगरी मन्त्रिपरिषद्ले अर्थसँग सम्बन्धित थप ३ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।