• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सार्वजनिक लेखा समितिले भन्यो- ओम्नीसँगको खरिद प्रक्रिया कानुन विपरीत

खरिद सम्झौतापछि रकम सुनिश्चत गर्नु नै भ्रष्टाचार हो : इस्तियाक राई
64x64
उत्तम काप्री सोमबार, असार ८, २०७७  १८:५८
1140x725
फाइल तस्बिर

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले कोभिड१९ को उपचारका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले ओबिसिआई (ओम्नी)सँग गरेको मेडिकल सामग्री खरिद प्रक्रिया कानुन विपरीत रहेको ठहर गरेको छ। सिंहदरबारमा सोमबार बसेको लेखा समितिको बैठकमा विभागले ओम्नीसँग गरेको मेडिकल सामग्री खरिद सम्झौता सार्वजनिक खरिद ऐन विपरीत रहेको र यसमा ठूलै आर्थिक चलखेल रहेको भन्दै विस्तृतमा अध्ययन गर्ने निर्णय गरेको छ।

समितिको छलफलमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद् मोहमद ईस्तियाक राईले खरिद गर्नुपूर्व रकमको सूनिश्चित हुनुपर्ने भएपनि विभागले मन्त्रालयको दबाबमा ओम्नीसँग खरिद सम्झौता गरेको भन्दै प्रश्न गरेका थिए। 

‘सार्वजनिक खरिद ऐनअनुसार खरिद गर्नु अगाडि रकमको सुनिश्चितता हुनुपर्छ। तर, तपाईंहरुले रकमको सुनिश्चित नगरी कसरी खरिद सम्झौता गर्नुभयो? यो सरासर भ्रष्टाचार हो। यहाँ त दुईपक्षीय सम्झौता भएको २ दिनपछि मात्रै रकमको सुनिश्चतता भएको छ,’ उनले भने, ‘यहाँ ठूलै चलखेल छ। विभागीय प्रमुखलाई दिनुपर्ने जिम्मेवारी पनि बाहिरको व्यक्तिलाई दिइएको छ। यो सरासर आर्थिक चलखेलका लागि बाटो बनाइएको हो।’

सार्वजनिक खरिद ऐन र नियमावलीको व्यवस्थालाई मिचेर ओम्नीसँग सरकारले स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको उनको दाबी छ। ‘सिधै नीतिगत भ्रष्टाचार भएको छ। सल्लाहकार, निजी सचिव र मन्त्रीलाई सार्वजनिक खरिद ऐनले चिन्छ कि चिन्दैन?’ राईले भने, ‘यो कानुनको ठाडो उल्ल‌ंघन हो। जो जो सलग्न छन्, सबैलाई कारबाही हुनुपर्छ।’ 

साथै सांसद राईले नेपाली सेनालाई सामग्री खरिदमा ल्याएकोप्रति पनि आपत्ति जनाए। ‘ओम्नीलाई किन सहभागी गराइयो? किन स्पष्ट भनिँदैन? मन्त्रालय र विभा दोषी हुन्,’ राईले भने, ‘डब्लुएचओले मान्यता नदिएको आरडिटी किन गरियो?’ 

खरिद प्रक्रियाकै विषयमा सांसद मिनेन्द्र रिजाल,धर्मशिला चापागाई, पार्वती डीसी चौधरी, मीना सुब्बा र सूर्य पाठकलगायतले समेत प्रश्न गरेका थिए।

खरिद प्रक्रियाको विषयमा सांसदहरूको प्रश्नमा स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह भने मौन जस्तै देखिएका थिए।  सांसदको प्रश्नमा उनले उत्तर दिदाँ आफू केही समय अगाडि मात्रै आएकाले केही थाहा नभएको जवाफ दिएका थिए। उनी यो विषयमा बोल्न नपरे हुन्छ जस्तो भाव देखाइरहेका थिए।

विभागको महानिर्देशकको जवाफ चितबुझ्दो नरहेको भन्दै पुनः सांसदहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालसँग जवाफ मागेका थिए। सांसदको बारम्बार प्रश्न आएपछि सचिव अर्यालले पुनः विभागका महानिर्देशक तिर नै पन्छाएका थिए। तर, विभागका महानिर्देशक भने मौन बसे। सचिव र महानिर्देशकले सांसदलाई चितबुझ्दो जवाफ दिनुको सट्टा पन्छिन मात्रै खोजेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सचिव अर्यालले खरिद नियमवाली र सार्वजनिक खरिद ऐनले महामाहारीको विषय कानुनले दिएको अधिकार प्रयोग गरेर मेडिकल सामग्री खरिद गरेको दाबी गरेका थिए। साथै उनले जापनिज इन्सेफ्लाइटसको महाहारीको बेला ऐन संशोधन भएको र सोहीको जगमा टेकर खरिद गरेको सांसदहरूलाई जवाफ दिएका थिए।

सचिव र विभागको महानिर्देशकको जवाफ चितबुझ्दो नआएको भन्दै समितिका सभापति भरत शाहले खरिद प्रक्रियामा संलग्न  मन्त्रीहरूलाई नै छलफलमा बोलाउने निर्णय गरेका छन्। समितिले विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको औंल्याएको छ। समितिको प्रारम्भिक रिपोर्टमा ओबिसीआई (ओम्नी) प्रालिसँग स्वास्थ्य सामग्री खरिद गर्न सम्झौताको म्याद २०७६ चैत २० गतेसम्म  २ दिन म्याद  बाँकी हुँदै खरिद सम्झौता रद्द गरेको, कालोसूचीमा राख्न सावर्जनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको र उक्त कम्पनीबाट मन्त्रालयलाई भएको क्षतिको आँकलन गरी क्षतिपूर्ति भराउने काम पनि नगरेको उल्लेख छ।

प्रारम्भिक रिपोर्टमा सार्वजनिक निकायको एक वर्षभित्र गरिने खरिदको लागत अनुमान एकै मूल्यमा हुनुपर्नेमा एक महिनाअघि थर्मोमिटर खरिद गर्दा ४ हजार रुपैयाँ कायम गरेको र ओबिसीआईसँग भने ७ हजार ५ सयमा खरिद सम्झौता गरेको उल्लेख छ।

ओबिसीआईको कार्य सम्पादन जमानत जफत गर्न बैंकलाई पत्राचार गरेको तर जफत भए-नभएको जानकारी प्राप्त नभएको, कम्पनीले सम्झौताअनुसार खरिदमा पुर्‍याएको क्षतिको असुल उपर नगरी उल्टै ओबिसीआईले ल्याएको सामानको गुणस्तर परीक्षण नगरी मालसामान उपयोग गरि गैरकानुनी रूपम भुक्तानी दिएको बुझिएको समेत रिपोर्टमा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लेखा समितिले मेडिकल सामग्री खरिदमा देखेको कमजोरी

  • खरिद कार्यमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको ।

  • खरिद ऐनमा व्यवस्था भएको मूल्यांकन समितिको कुनै भूमिका नदेखिएको।

  • विभागीय प्रमुखले आफू खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको। 

  • लागत अनुमान तयार गर्दा नेपाली रुपैयाँमा गरेको र सम्झौता गर्दा डलरको दरमा सम्झौता गरेको, जसले गर्दा मूल्यमा तलमाथि देखिएको ।

  • ओबिसीआई प्रालिसँग स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता गरेको र २०७६ चैत २० ्मा म्याद २ दिन बाँकी हुँदै खरिद सम्झौता रद्द गरेको र कालो सूचिमा राख्न सावर्जनिक खरिद  अनुगमन कार्यालयलाई पत्राचार गरेको, तर उक्त कम्पनीबाट मन्त्रालयलाई भएको क्षतिको आंकलन गरी क्षतिपूर्ति भराउने काम नगरेको।

  • एन ९५ मास्कको लागत अनुमाान ४ सय६२ रुपैयाँ ५९ पैसा रहेकोमा गैरकानुनी रुपमा लागत अनुमानभन्दा ८ सय २८ रुपैयाँ ६७ पैसा बढी हुने गरी ओविसीआइसँग खरिद सम्झौता गरेको र सोही सामान एक महिना अगाडि २६५.४८ रहेको र प्रस्ताव न्युनतम ६ सय ४८ परेकोमा खरिद नगरेको देखिएको छ। 

  • सार्वजनिक निकायको एक वर्षभित्र गरिने खरिदको लागत अनुमान एकै मूल्यमा हुनुपर्नेमा एक महिनाअघि थर्मोमिटर खरिद गर्दा ४ हजार रुपैयाँ कायम गरेको र ओविसीआईसँग भने ७५ सयमा खरिद सम्झौता गरेको।

  • ओबिसीआईको कार्य सम्पादन जमानत जफत गर्न बैंकलाई पत्राचार गरेको तर जफत भएनभएको जानकारी प्राप्त नभएको, कम्पनीले सम्झौताअनुसार खरिदमा पु¥याएको क्षतिको असुल उपर नगरी उल्टै ओविसीआईले ल्याएको सामानको गुणस्तर परीक्षण नगरी मालसामान उपयोग गरि गैरकानुनी रूपम भुक्तानी दिएको बुझिएको।

  • २०७७ बैसाख  २३ मा विज्ञ समितिका तर्फबाट दिएको प्रतिवेदनमा पिसिआर मेसिन स्वीकृत स्पेशिफिकेशन अनुसार नभएको, इनकमिङ इन्स्पेक्सन रिपोर्टमा  थुप्रै कुराहरु नभएको देखाएको तर त्यसको वास्ता नगरी सामान लिएर वितरण गरेको ठहर गरेको छ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्