गुल्मी- सोमबार गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरु क्षेत्र गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेमा रुरुक्षेत्र गाउँपालिकाका २६ वर्षीया एक महिला र १८ देखि ४९ वर्षसम्मका १३ जना पुरुष रहेका छन्। उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए।
यससँगै गुल्मीमा कुल संक्रमितको संख्या १ सय ९३ पुगेको छ। संक्रमित २० जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।