• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

दैलेखका हटस्पट भन्छन्- दोहोरो दबाबमा आरडिटी गर्‍यौं, समुदायमा फैलियो कि भन्ने डर भयो

64x64
दुर्गा दुलाल शुक्रबार, असार ५, २०७७  २३:४८
1140x725
दुल्लु नगरपालिकाले बनाएको आइसोलेसनका कोरोना पोजेटिभलाई च्यवनप्राससहितका सामग्रीका साथै सेनिटाइजर र माक्स वितरण गरिँदै।

काठमाडौं- कर्णाली प्रदेशको दैलेख जिल्लाका दुई हटस्पटले मन्त्रालयको दबाबमा आरडिटी परीक्षण गरी क्वारेन्टाइनबाट घर पठाइएको कामले झनै त्रास भएको गुनासो गरेका छन्। अविश्वसनीय आरडिटी गर्दै क्वारेन्टाइनबाट घर पठाउँदै गरिएकाले समुदायमा कोरोना संक्रमण फैलने हो कि भन्ने चिन्ताले आफूहरुलाई पिरोल्न थालेको सम्बन्धित निकायका प्रतिनिधिले गुनासो गरेका छन्। 

जिल्लामा नारायण र दुल्लु नगरपालिकाले अविश्वसनीय आरडिटी परीक्षण दोहोरो दबाबमा गरिएको तर यसले  त्रासको सुई भने झन् चढेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी परीक्षण गरेर घर पठाउन निर्देशन दिएको र स्थानीय क्वारेनटाइनमा बसेकाहरुले आन्दोलन थालेपछि ती नगरपालिकाले १४ दिन क्वारेनटाइनमा बसेकाहरुलाई परीक्षण गर्दै नेगेटिभ आएकाहरुलाई घर पठाउन थालेका थिए। केन्द्रबाट निर्देशन आएपछि आरडिटी पोजेटिभ आएका व्यक्तिहरुलाई पनि नगरपालिकाले होम आइसोलेनसमा राख्ने भन्दै पठाएको थियो। तर पछि पिसिआर परीक्षण गर्दा उनीहरुमा धमाधम पोजेटिभ आउन थालेपछि उनीहरूको त्रासको सुई माथि चढेको हो।

भारतबाट घर फर्किएकाहरू बढेपछि नारायण नगरपालिकाले नारायण क्याम्पस र नारायण माविको क्वारेन्टाइनमा रहेकाहरूको आरडिटी गरी ८ सय २२ जनालाई घर पठाएको थियो। तर यसरी क्वारेन्टाइन बसी घर गएकाहरूमा जेठ २४ गते एकै पटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो। यी मध्ये आरडीटी नेगेटिभ भनी घर पठाइएका ८७ जना थिए।

नगरपालिकाले उनीहरूको खोजी गर्दै पुनः क्वारेनटाइनमा ल्याएर राख्यो। यो घटनापछि आरडिटी परीक्षणमाथि नगरपालिकाले ठूलो पछुतो गराएको मेयर रत्नबहादुर खड्काले बताए। ‘केन्द्रले पठाएको निर्देशन मानेर आरडिटीको भरमा गाउँमा फर्काएका थियौं,’ मेयर खड्काले भने, ‘जब पिसिआर परीक्षणमा पोजेटिभ आयो, हामीले गल्ती गरेर समुदायमा कोरोना पठाएछौँ भन्ने लागेको छ।’

दुल्लु नगरपालिकाको अनुभव पनि उस्तै छ। दुल्लुले पनि केन्द्रको निर्देशनअनुसार आरडिटी गरेर घर पठाएकाहरुमा पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको थियो। ‘हामीले केन्द्रको निर्देशन र स्थानीयको दबाबमा आरडिटी गरेर गल्ती गरेको महसुस भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले नेपाल लाइभसँग भने, 'हाम्रो यही गल्तीले जानाजान समुदायमा कोरोना फैलियो कि भन्ने त्रासमा अहिले हामी रहेका छौँ। यदि त्यसो भएको पाइएमा ठुलो गल्ती हुनेछ।’

क्वारेन्टाइन बसी घर पुगेका मानिसमा कोरोना पोजेटिभ देखिएपछि पनि आरडिटीको काम रोकिएको छैन।  ‘पिसिआर परीक्षणको रिर्पोट १२ दिनपछि मात्र आउने भएपछि हामीले बाध्य भएर आरडिटी गरिरहेका छौँ,’ दुल्लुका प्रशासकीय अधिकृत नेपालले भने, ‘तर घर पठाइएको छैन, उनीहरुको पिसिआर पनि भइरहेको छ।’

अब नगरले पिसिआर नेगेटिभ आएकालाई मात्र घर पठाउन थालेको उनले बताए। जेठ २० गते स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘नेसनल टेस्टिङ गाइडलाइन कोभिड–१९’ मा क्वारेन्टाइनमा बसेका लक्षण नदेखिएका व्यक्तिलाई १४ दिनपछि पिसिआर परीक्षण नगरी आरडिटी परीक्षण गरी घर पठाउने नीति लिएको थियो। सोही गाइनलाइनमा आइसोलेनमा लक्षण देखिएका कोरोना संक्रमितलाई लक्षण निको भएको ३ दिनपछि पिसिआर परीक्षण नगरी डिस्चार्ज गर्ने समेत उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, विज्ञहरुले भने गाइडलाइनमा रहेको यो व्यवस्था अवैज्ञानिक रहेको भन्दै आलोचना गरिरहेका छन्। उक्त गाइडलाइन पनि डा गुणराज लोहनी र डा खेम कार्कीकै समूहले विज्ञहरुलाई बाइपास गरेर बनाएका थिए। यो विवादमा आएपछि केही सच्चाउदै स्थानीय तहमा परिपत्र गरिएको थियो। 

डा समीरमणि दीक्षित र सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले सामाजिक सञ्जालमार्फत् नै उक्त गाइडलाइन अवैज्ञानिक भएको धारणा सार्वजनिक गरेका छन्।

‘आरडिटी गर्नु गल्ती भयो भन्ने हामीलाई लागेको छ,’ नारायाण नगरका प्रमुख रत्नबहादुर खड्काले भने, ‘आरडिटी गरेर घर पठाएमा पिसिआर पोजेटिभ आएपछि हामीलाई शंका लागेको थियो।’

‘यता हामीलाई मानिसहरु क्वारेनटाइनमा राख्न गाह्रो भएको थियो। त्यही समयमा १४ दिन बसेका र लक्षण नदेखिएका घर पठाउन सकिने निर्देशिका आयो,’ खड्काले भने, ‘लामो समय क्वारेन्टाइन बसेकाहरू नारा जुलुस गर्न थाले। अनि हामी आरडिटीमा सन्तुष्ट नहुँदानहुँदै पठाउन बाध्य भयौँ। अब त्यस्तो गल्ती गर्दैनौं।’

२० दिनसम्म क्वारेनटाइनमा बसेकाहरुलाई रोक्न सक्ने अवस्था नभएको र हरेक दिन नगरपालिकामा घेराउ गरेपछि बाध्य भएर त्यस्तो कदम उठाएको उनले बताए। ‘पिसिआर रिर्पोट १२ दिनसम्म नआएपछि समस्या भयो। दैनिक ६ सय स्वाब लिएका थियौँ। तर रिर्पोट आएन। हरायो कि आउनै बाँकी छ त्यो पनि पत्तो छैन।  नागरिक थेग्न सकेनौँ,’ दुल्लुका प्रशासीकय अधिकृत नेपालले भने, ‘हाम्रो कमजोरीले समुदायमा रोग गयो।’

हाल दैलेखमा ७२५ जना कोरोना संक्रमित  भेटिएका छन्। त्यसमध्ये सबैभन्दा बढी नारायाण र दुल्लुमा छन्। दुल्लुमा एक जनाले क्वारेनटाइनमै ज्यान समेत गुमाए।

दैलेखेको दुल्लुमा ५८ जना संक्रमित फेला परेका थिए तीमध्ये २७ जनाले कोरोना जितेका छन् भने ४१ जना अझै पनि आइसोलेसनमा छन्।  नगरपालिकामा अहिले ५ सय जना क्वारेनटाइनमा छन्। तर भारतबाट भित्रने क्रम जारी गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले बताए।

‘क्वारेनटाइनमा आउने जाने क्रम चलिरहेको छ, निको हुने क्रम पनि छ,’ उनले भने, ‘नगरले दुई वटा आइसोलेसन सञ्चालन गरेको छ। अब छिटै पिसिआर मेसिन जडान भएपछि तीव्र गतिमा परीक्षण हुनेछ।’ 

कोरोना जितेर घर फर्कन थालेपछि समुदायमा खुशी र नगरमा काम गर्ने शैली पनि परिर्वतन भएको उनको अनुभव छ। ‘महामारीबाट पार पाइसकेको जस्तो त लाग्दैन,’ दुल्लुका प्रशासकीय प्रमुख नेपालले भने, ‘तर समुदायमा रोक्न सकेर, नयाँ थपिनेहरुलाई समुदायमा लैजान रोक्न सक्नु पर्ने छ।’

दुवै स्थानीय तहका क्वारेनटाइनमा रहेका मानिसहरुको मनोबल बढाउन योगदेखि आयुर्वेदसम्म प्रयोग गरिएको नेपालले बताए। नगरमा अहिले  अनुभवी चिकित्सकहरु आएकोले केही उत्साह थपिएको उनीहरुको तर्क छ। 

दुवै नगरले पिसिआर मेसिन जोड्ने प्रयास थालेका छन्। दुल्लुमा केही दिनभित्र जोडिँदैछ भने नारायाण नगरपालिकाले पनि पहल गरिरहेको छ। दुवै नगरका क्वारेनटाइनमा अहिले एक हजार मानिस बसिरहेका छन्।

दुवै नगरमा हालसम्म भारतबाट ७ हजार मानिस भित्रिएका छन्। अझै १० हजार मानिस आउन सक्ने अनुमान ती दुई नगरपालिकाको छ।  

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  २३:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्