मनाङ- खोलाले सय मिटर बगाइसकेपछि एक किशोरीको उद्धार गरिएको छ।
मनाङको प्रकाश ज्योति मावि कक्षा १० मा पढ्ने विनीता गुरुङलाई स्कुल छुट्टी भएर घर फर्कने क्रममा दूधखोलाले बगाएको थियो। करिब सय मिटर बगाएपछि पुल निर्माणमा रहेका कामदारले देखेपछि उद्धार गरेका हुन्।
उनलाई सामान्य प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल बेंसीसहरमा पठाइएको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।