काठमाडौं– सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वासुदेवप्रसाद यादब र लेखापाल जयराम चौधरीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएको छ। उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ साताअघि २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस मागेका थिए। घुससहित चौधरीलाई आयोगले पक्राउ गरेकोमा उनको बयानको आधारमा यादब समेत पक्राउ परेका थिए।
आयोगले अनुसन्धान पुरा गरि उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।