• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपाको भावी नेतृत्वमा उपेन्द्र कि राजेन्द्र?

64x64
वीरेन्द्र ओली बुधबार, असार ३, २०७७  १३:०१
1140x725

काठमाडौं- नवगठिन जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय र वैकल्पिक पार्टीको रुपमा गठन गरिएको छ। एकताअघि राष्ट्रिय जनता पार्टीका ६ जना अध्यक्ष थिए। समाजवादी पार्टीका ३ जना नेतृत्व तहमा थिए। एकताको घोषणा गरिएको सहमति पत्रमा भने दुवै पार्टीका चारचार नेताले मात्रै हस्ताक्षर गरे।

एकता गर्ने घोषणा गरे पनि नेतृत्वको व्यवस्थापन गर्न पार्टीमा निक्कै रस्साकस्सी चल्यो। नेतृत्व व्यवस्थापन गर्न विभिन्न मोडलमा छलफल भए पनि दुवै पूर्व पार्टीका मुख्य नौ नेताबाट तत्काललाई दुई अध्यक्ष र तीन वरिष्ठ नेता राखेर पार्टी दर्ता गरियो।

अहिले जसपामा नेतृत्व तहमा ५ जना भए पनि भावी नेतृत्वको रुपमा उपेन्द्र यादव र राजेन्द्र महतोलाई हेर्न थालिएको छ।

अहिले नेतृत्व अल्पकालीन भएकाले वास्तविक पार्टी नेतृत्व महाधिवेशनबाट आउने जसपा नेता नेता प्रकाश अधिकारीले बताए। तर अहिले पार्टीको नेतृत्व को हुन सक्छ भन्ने विषयमा छलफल नै नभएको अधिकारीको भनाई छ।

अध्यक्ष महन्थ ठाकुरले आफ्नो उमेर झण्डै ८० वर्ष पुग्ने लागेकाले महाधिवेशनमा आफू नेतृत्वको लागि प्रतिस्पर्धा नगर्ने पटकपटक बताउने गरेका छन्। उता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीमा युवाहरु नेतृत्वमा आउनुपर्ने मत बारम्बार राख्ने गरेका छन्। पार्टीको आउने महाधिवेशनमा सकेसम्म अहिले नेतृत्व तहमा बसेका नेताहरु प्रतिस्पर्धामा जान नहुने उनको अडान छ।

स्वभाविक रुपमा राजपा समूहबाट नेतृत्वको रुपमा महतोलाई सबैभन्दा धेरै हेरिएको छ भने समाजवादी समूहबाट यादवलाई हेरिएको छ।

पार्टीमा राजपा समूहबाट ठाकुरपछि बारम्बार मन्त्री र सांसद भएका महतो नै दरिएका छन्। महतोले आफूलाई नेतृत्व तहमा स्थापित गर्न संसदमा भाषण गर्नेदेखि अन्य प्रयास पनि गर्दै आएका छन्।

राजपा समूहका अरु महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले पार्टीलाई नेतृत्व दिन सक्ने सम्भावना कम भएको पार्टीकै नेताहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

समाजवादी समूहबाट उपेन्द्र यादव सहित बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ छन्। यदि नेतृत्वमा भट्टराईले प्रतिस्पर्धा गरे पनि सजिलै आउनसक्ने सम्भावना कम छ। नेतृत्व तहमा आउन चाहे पनि भट्टराईलाई जनमत र मुद्दाले सजिलै साथ दिन सक्ने सम्भावना कम छ। यस्तै अशोक राई र राजेन्द्र श्रेष्ठको हकमा समेत भट्टराईकै जस्तो अवस्था छ।

त्यसैले उपेन्द्र यादव वा राजेन्द्र महतो नै भावी नेतृत्वको रुपमा स्थापित हुने विश्लेषण गर्न थालिएको छ। तर, राजनीतिक विश्लेषक विजयकान्त कर्णले पार्टीको सिंगल नेतृत्व नेपाली राजनीतिबाट हराउँदै गएको बताए। ‘उपेन्द्रजीले पार्टीमा एकल नेतृत्व गर्ने अवस्था नभएपछि दुईजना अध्यक्ष बनाएर पार्टी चलेको थियो। राजेन्द्रजीको पार्टीमा ६/६ जना अध्यक्ष बनाएर चलेको थियो’, कर्णले भने, ‘अब जसपाको भावी नेतृत्व समेत एउटै हुँदैन। हुनसक्ने सम्भावना छैन। सामूहिक नै हुन्छ। त्यो महाधिवेशन भएपछिको किन नहोस्।’

नेकपादेखि राप्रपासँग नेतृत्वको संकट हुदा सामूहिक नेतृत्वमा जान बाध्य भएको कर्णको टिप्पणी छ। ‘अहिलेका दलमा ती बिपि कोइराला, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी जस्तो नेतृत्व गर्न सक्ने करेस्मेटिक लिडर भएनन्’, कर्णले भने, ‘अहिलेका दलको नेतृत्वमा विचार, सिद्धान्त, दृष्टिकोण, त्याग र समर्पण केही पनि भएन। आफ्नो क्षमता नभएपछि सामूहिक नेतत्वमा जानुपर्ने बाध्यता छ।’

एकल नेतृत्व गर्न सक्ने करेस्मेटिक लिडरको अभाव हुँदा यस्तो अवस्था आएको कर्णको विश्लेषण छ।

Xtrem

Xtrem

उपेन्द्र राजेन्द्रका सबल र दुर्बल पक्ष

जसपामा उपेन्द्र र राजेन्द्रका आ–आफ्नै खालका विशेषता छन् । उपेन्द्र कुशल वैचारिक, संगठक स्पष्ट वक्ता हुन । मधेसको सवालमा यादवले  वैचारिक र एतिहासिक पृष्ठभूमिबाट गहकिलो रुपमा स्पष्ट राख्न सक्ने विश्लेषक चन्द्रकिशोर बताउँछन् । ‘यादव सत्ताको गोटि चलाउन सिपालु छन्। छिमेकीसँगको सम्बन्धमा चीन भारत दुवैलाई सन्तुलनमा राखेका छन्’, उनले भने, ‘बाहिर कम खुल्ने रणनीति र समयको पदचापलाई राम्रोसँग बुझ्न सक्छन्, त्यो महतोमा देखिदैन।’

तर राजेन्द्रको व्यवहार र शैली उपेन्द्रको भन्दा भिन्न खालको भएको चन्द्रकिशोर बताउँछन्। कार्यकर्तासँग भिज्न सक्ने राजेन्द्र भित्र र बाहिर एउटै व्यवहार देखाउँछन्। राजेन्द्रले विरोधीलाई तिखो रुपमा प्रहार गरी राजेन्द्रले माहोललाई तरंगित पारेर मधेसी जनतालाई आफ्नो पक्षमा पार्न सक्ने उनले बताउँछन्।

भाषण कलामा निपुण राजेन्द्रले अलोचना गर्न थालेपछि विरोधीलाई भित्तामै पुर्‍याएर आफ्नालाई नजिक तान्छन् । वैचारिक पक्षमा कमजोर देखिएपनि संगठनिक र राजनीतिक दाउँपेचमा राजेन्द्र अगाडि छन् । तर उपेन्द्र जति राजेन्द्रले राजनीतिक गोटी चलाउन नसक्ने चन्द्रकिशोर बताउँछन्।

नेपाली समाज जाति व्यवस्थामा आधारित छ। त्यो जाति व्यवस्था राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रकट भएको पाइन्छ। प्रदेश २ मा जाति व्यवस्थाको संरचना सबैभन्दा धेरै जकडेर बसेको पाइन्छ। यस प्रदेशमा बलियो जग बनाई उभिएको जसपा जातीय संरचनाबाट अछुतो छ भन्न मिल्दैन। तराईको जातीय श्रृंखलामा झा, कर्ण, श्रीस्वास्तव, कायस्थ लगायत समुदायले आफूलाई कथित उच्च जातिको रुपमा लिन्छ। ती समुदायलाई अरु समुदायबाट नेतृत्वमा आएको खासै रुचाउँदैनन्। तर,जनसंख्यामा कम भएकाले अरु समुदायबाट आएको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बाध्यता छ।

यस्तै प्रदेश नम्बर दुईमा बसोबास गर्ने यादव समुदायलाई आफूलाई शासक वर्ग ठान्छ। यादव समुदायपछि मुस्लिम समुदायको यस प्रदेशमा सबैभन्दा धेरै बसोबास गरेको पाईन्छ। राजनीतिमा हुने जातीय संरचनालाई राम्रोसंग बुझेका उपेन्द्रले यादवपछि मुस्लिम समुदायलाई पार्टीमा स्थान दिएर स्थापित गरेका छन्। त्यो पार्टीमा दिएको स्थानले नेतृत्वमा आउँदा उपेन्द्रलाई कतै न कतै सहयोग पुग्ने विश्लेषण गर्न थालिएको छ। जातीय श्रृंखलाले प्रभाव पर्ने तराई क्षेत्रमा महतोलाई भन्दा यादवलाई नेतृत्वमा आउन सहयोग पुग्ने देखिन्छ।

तर, विश्लेषक चन्द्रकिशोरले जाति फ्याक्टरबाट उपेन्द्र नेतृत्वमा आउन प्रयास गरे पनि सफल हुन गाह्रो हुने बताउँछन्। त्यो नेताहरुले बारबार प्रयास गरे पनि पूर्ण रुपमा सफल नभएको उनी बताउँछन्।

प्रजातान्त्रिक विचार र दर्शन मान्ने राजेन्द्र र कम्युनिष्ट विचार र दर्शनमा प्रतिबद्ध उपेन्द्र संयोगले एक ठाउँमा छन्। दुवैको राजनीतिक वैचारिक पृष्ठभूमि फरकफरक भए पनि प्रजातान्त्रिक समाजवाद मान्ने भएपछि उपेन्द्र राजेन्द्र एउटै घरमा बस्ने भएका छन्।

समाजवादी र राजपासँगको एकता नभए पनि उपेन्द्र यादवमा विलय भएको चन्द्रकिशोरको विश्लेषण छ। ‘मधेस आन्दोलनमा राजेन्द्र हृदेश त्रिपाठी लगायतले ९९ पटक हथौडा चलाए’, चन्द्रकिशोरले भने, ‘मधेस आन्दोलनमा उपेन्द्रले एक पटक हथौडा चलाएर नेता भए।’

मधेस आन्दोलनबाट उदाएका उपेन्द्र
उपेन्द्र यादवको जति व्यक्तित्व छ, त्यो भन्दा छोटो राजनीतिक पृष्ठभूमिमा निर्माण भएको छ। ०६२/६३ सालको जनआन्दोलनपछि अन्तरिम संविधान ०६३ माघ १ गते घोषणा भयो। अन्तरिम संविधान घोषणा भए लगत्तै माघ २ गते यादव नेतृत्व फोरमले काठमाडौंको माइतीघरमा अन्तरिम जलाएर आन्दोलन घोषणा गरे। 

अन्तरिम संविधान जलाएको भन्दै उपेन्द्रसहित ठूलो संख्यामा नेता कार्यकर्ता पक्राउ परे। आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मारिए। महतो सहिद भएपछि मधेस आन्दोलनले तराईका २२ जिल्ला पूर्ण रुपमा ठप्प भयो।

त्यसरी सुरु भएको मधेस आन्दोलनले यादवलाई नेताको रुपमा उदय गरायो।

उपेन्द्र खास समयको पदचापलाई चिन्न सक्ने र राजनीतिक गोटी चलाउन सक्ने नेता भएको बताउँछन्, राजनीतिक विश्लेषक चन्द्रकिशोर।

त्यसअघि उपेन्द्रले एमाले हुँदै माओवादीसम्मको राजनीतिक यात्रा गरेका थिए। त्यतिबेला उनले बौद्धिक छलफल र बहस गर्न गैरसरकारी संस्थाको रुपमा फोरम गठन गरेका थिए।

०४८ सालको संसदीय निर्वाचनमा यादवले सुनसरीबाट विजय गञ्छादारसँग प्रतिस्पर्धा गरेर हारेका थिए। एमाले राजनीति गर्दै यादवले मोरङमा छोटो समय शिक्षण पेशा समेत अंगालेका थिए। एमाले राजनीतिमा संलग्न यादवलाई माओवादीले आफ्नो संगठनतिर तानेको थियो। माओवादी पार्टीमा मधेसी मुक्ति मोर्चाबाट आबद्ध भई फोरम संस्थाबाट बौद्धिक बहस र छलफल जारी राखे।

तत्कालीन शाही सेनाले माओवादीमा आबद्ध भएको चाल पाएपछि भारतको पटनामा निर्वासित भए। जनआन्दोलनपछि स्वदेश फर्किएर अन्तरिम संविधान घोषणा गरे लगतै उपेन्द्र संघर्षमा होमिए। 

संसदीय राजनीतिमा ०६४ सालदेखि अहिलेसम्मका तीन निर्वाचनमा सबै विजयी हुँदै आएका छन्। पहिलो संविधानसभा निर्वाचनमा मोरङ-५ सुनसरी-५ बाट निर्वाचित भए दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी ५ बाट मात्रै निर्वाचित भए। ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भए।

प्रचण्ड नेतृत्वको सरकार र झलनाथ खनाल नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए। केपी ओली नेतृत्वको वर्तमान सरकारमा स्वास्थ्यमन्त्री भए पनि संविधान संशोधनको माग राख्दै राजीनामा दिए।

क्षेत्रीय राजनीतिक जगबाट उभिएका राजेन्द्र
राजेन्द्र महतोको राजनीतिक पृष्ठभूमि भिन्न रुपमा सुरु गरे। राजनीतिमा सहभागी हुनुअघि राजेन्द्रले सर्लाही काठमाडौं सम्पर्क मञ्च बनाएर समाज सेवा भन्दै सक्रिए भएको जसपा नेता एवम् प्रदेश नम्बर २ सांसद उपेन्द्र महतोले बताए। पार्टीमा आबद्ध नभए पनि विभिन्न संघसस्था बनाएर सक्रिय भएका राजेन्द्र ०४६ सालको जनआन्दोलनपछि गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको पार्टीमा आबद्ध भई सक्रिय भए।

मधेसी जनताको आत्मसम्मान र पहिचानका लागि सिंहले नेतृत्व गरेको सद्भावना पार्टीमा आवद्ध भएर राजेन्द्र राजनीति गर्न थाले। एकेडेमिक रुपमा बलियो छबी बनाउन नसकेका राजेन्द्रले आफ्नो मुद्दालाई चर्को रुपमा बोलेर स्थापित भए। मधेसका नागरिकताविहीनलाई नागरिकता दिलाउन राजेन्द्रको सबैभन्दा ठूलो देन भएको उपेन्द्र महतो बताउँछन्।

‘मधेसमा लामो समय धेरै नागरिकले नागरिकता पाएनन्’, महतोले भने, ‘उहाँ (राजेन्द्र महतो) कै संघर्ष र  योगदानले धेरै नागरिकले नागरिकता पाए।’

मधेसी जनताको हक अधिकारका लागि राजेन्द्र महतोले लामो संघर्ष गरेको महतोले बताए।

संसदीय निर्वाचनको २०४८ र ०५१ सालको निर्वाचनमा महतो लगातार दुई पटक सर्लाहीबाट पराजित भए। ०५६ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई सर्लाहीबाट पराजित गरेपछि महताको उचाई चुलिएको हो।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित भए।

महतोले तत्कालीन गिरिराजप्रसाद कोइराला नेतत्वको अन्तरिम सरकार, प्रचण्ड नेतृत्वको सरकार र माधव नेपाल नेतृत्वको सरकारमा पालैपालो उद्योग तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाए। तत्कालीन बाबुराम भट्टराई नेतृत्व सरकारमा भने महतोले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले। दोस्रो संविधानसभा निर्वाचनयता महतो सरकारमा सहभागी भएका छैनन्। सरकारमा भन्दा मधेसी जनताको एजेण्डामा केन्द्रित हुन थालेपछि महतोको व्यक्तित्व उचिएको छ।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १३:०१
  • #उपेन्द्र_यादव
  • #राजेन्द्र_महतो

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्न... आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जान... आइतबार, असोज १८, २०८३
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्