काठमाडौं– आगामी बैशाख ८ गते हुन गइरहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनमा दुई प्यानलले उम्मेदवारी घोषणा गरेका छन्।
सरोज बस्नेत र बिष्णुहरी पाण्डे नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेर चुनाव प्रचार प्रसार गरिरहेको छ। बस्नेतको प्यानलले ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएको छ।
बस्नेतको प्यानलबाट उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेल प्रतिस्पर्धा गर्दै छन्। महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के.सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्य बहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठ उम्मेदवार बनेका छन्।
त्यसैगरि सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री के.सी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मनोरथ शाहले उमेद्वारी घोषणा गरेका छन।
नेटकोटेक एजुकेशनका सञ्चालक बस्नेत व्यवसायिक हित प्रबद्र्धन लगायत धेरै सुधारका काम लिएर इक्यानको नेतृत्व दाबी गरेको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।