मलेखु- धादिङको थाक्रे गाउँपालिका– ११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बोरिङ गरेर तानिएको पानीको पाइपमा बाटो माथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा करेन्ट लागेपछि घाइते भएकी झापा, कन्काइ नगरपालिका– ८ की मिक्की तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेपछि उपचारका लागि ट्रमा सेन्टरमा लगिएकी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए।
घाइते हुनेमा थाक्रे– ६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कूलू, सुरेश कूलू, माइली तामाङ र गौतम तामाङ छन्। तीमध्ये ५ जनाको वीर अस्पताल ट्रमा सेन्टरमा र २ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।