काठमाडौं- म्यानवार व्यवसायीले पछिल्ला दुई आर्थिक वर्षमा एक सय कामदार वैदेशिक रोजगारीमा नपठाए खारेज हुने व्यवस्थाप्रति कांग्रेसले आपत्ति जनाएको छ।
अहिले कोरोना भाइरसका कारण म्यानपावर व्यवसाय ठप्प भएको र यो जटिल परिस्थितिमा एक सय कामदार पठाउनै पर्ने व्यवस्थाले नेपालका ७५ प्रतिशत म्यानपावरहरू खारेज हुने अवस्था सिर्जना भएको भन्दै कांग्रेस संसदीय दलले आपत्ति जनाएको हो।
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इजाजत नवीकरण हुने व्यवस्था मिलाउन समेत कांग्रेसले ध्यानाकर्षण गरेको छ।
सरकारले वैदेशिक रोजगार ऐन २०६४ मा पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर खारेज हुने व्यवस्था गरेको छ। तर कोरोना भाइरसका कारण म्यानपावर व्यवसाय ठप्प भएसँगै गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा एक सय कामदार नपठाएकै कारण म्यानपावरको इजाजत खारेज हुने व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
सो निर्णय छलफलकै क्रममा हुँदा कार्यान्वयनमा भने आएको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।