मलेखु- धादिङको थाक्रे गाउँपालिका–११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर ७ जना घाइते भएका छन्।
बोरिङ गरेर तानिएको पानीको पाइप बाटोमाथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा छोई करेन्ट लागेपछि कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार झापा निवासी मिक्की तामाङ तथा धादिङ, थाँक्रे गाउँपालिका–६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कुलू, सुरेश कुलू, माइली तामाङ र गौतम तामाङ घाइते भएका हुन्। पाँच जनाको ट्रमा सेन्टर काठमाडौं र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घाइते तामाङको अवस्था भने गम्भीर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।