काठमाडौं- प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।
सो बजेटमा चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९ प्रतिशत र पुँजिगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ४ करोड रुपैयाँ रहेको छ।
अन्तरसरकारी वित्तीय हस्तारन्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार रुपैयाँ छुट्याएको अर्थिक मामिलामन्त्री आङ्बोले बताए। आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाडबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख रुपैयाँ प्राप्त हुनेछ।
त्यस्तै चालू आवको नगद मौज्दात करिब ६ अर्ब रहने अनुमान गरिएको छ। यी स्रोतहरूबाट अपुग हुने बजेटका लागि वित्त हस्तान्तरण ऐनले व्यवस्था गरेअनुरुप ५ अर्ब रुपैयाँ नेपाल सरकारबाट पूर्ति गरिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।