काठमाडौं– सरकारले लकडाउन खुकुलो गरेको पहिलो दिनमै कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ।
सरकारको विरोधमा संघले सोमबार प्रर्दशन गरेको हो। कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको जनाउँदै संघले नयाँ बानेश्वरमा विरोध प्रर्दशन गरेको हो।
मेडिकल सामग्रीमा अनियमितता, क्वारेन्टाइन अवस्थित, खर्च पारदर्शिता नभएको भन्दै सहभागीले नाराबाजी गरेका थिए। प्रर्दशनकारीले कोरोना खर्चमा सरकारले भ्रष्टचार गरेको आरोप लगाए। अव्यवस्थित क्वारेन्टाइनका कारण महिला बलात्कृत हुनुपरेको जनाउँदै सरकारको विरोध गरे।
कोरोना परीक्षणमा आरडिटी प्रयोग गरेको प्रति संघका कार्यकर्ताले सरकारको आलोचना गरे। बबरमहलबाट नाराबाजीसहित सुरु भएको संघको विरोध प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।