सुर्खेत- कर्णाली प्रदेशका सबै जिल्लामा रहेका प्रमुख पर्यटकीय गन्तव्य विकास गर्न पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ प्रदेश बजेट सार्वजनिक गर्दै पर्यटकीय गन्तव्यको विकासका लागि १० करोड रुपैयाँ विनियोजन भएको प्रदेश सभामा जानकारी गराएका हुन्।
उक्त रकम रारा, शे–फोक्सुण्डो, काँक्रेविहार, बुलबुले, पचाल झरना, कुपिण्डे, लिमी, सिञ्झा, पञ्चकोशी, स्यार्पु, कुशे पाटन लगायतका पर्यटकीय गन्तव्यको विकासमा उक्त रकम खर्च हुने मन्त्री ज्वालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।