काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक पूर्वाधार तथा यातायात क्षेत्रका लागि ५ अर्ब ७९ करोड रुपैयाँ बजेट छुट्याएको छ। आर्थिक मानिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा उक्त रकम बजेट विनियोजन गरेको बताएका हुन्।
प्रदेश राजधानीबाट जिल्ला सदरमुकाम जोड्ने रणनीतिक मार्ग स्तरोन्नति र अन्तर प्रदेश सडक निर्माणलाई प्राथमिकता दिने उल्लेख गरिएको छ। प्रदेश सरकारबाट सञ्चालित जनता सडक कार्यक्रमलाई निरन्तरता दिइएको छ।
जनताको आवतजावतलाई सहज बनाउन मोटर पुल र झोलुङ्गे पुल निर्माण कार्यलाई तिरन्तरता दिइने बजेटमा लेखिएको छ।
प्रदेशभित्र लामो दूरीमा सवारी सञ्चालन हुने राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना, सडक सुरक्षा, परीक्षण र सवारी जाँच नियमित गर्ने लगायत शीर्षकमा उक्त बजेट खर्च हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।