सुर्खेत- कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली कोसेली घर’ निर्माण गर्ने उद्घोष गरेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ प्रदेश बजेट सार्वजनिक गर्दै ‘कर्णाली कोसेली घर’ निर्माणका लागि १ करोड बजेट विनियोजन गरेको सभालाई जानकारी गराएका छन्।
उनले स्थानीय उत्पादनमा आम नागरिकको रुचि, वस्तुको गुणस्तर, बजार पँहुच वृद्धि गर्न ‘कर्णाली कोसेली घर’ निर्माणका लागि बजेट विनियोजन गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।