सुर्खेत– कर्णाली प्रदेश सरकारले खाना, नाना र छानाका लागि २० करोड रुपैयाँ छुट्याएको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८को प्रदेश बजेट सार्वजिक गर्दै सभालाई यस्तो जानकारी दिएका हुन्।
अशक्त र जोखिममा परेका, सिमान्तकृत क्षेत्र, वर्ग र समुदायका नागरिकको जीविकोपार्जन तथा उद्यमशिलताका लागि मुख्यमन्त्री सामाजिक सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न उक्त रकम विनियोजन गरेको उनले सभालाई जनाकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।