काठमाडौं- कर्णाली प्रदेश सरकारले ‘मेरो किसान मेरो अन्नदाता’ कार्यक्रमलाई ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सोमबार कर्णाली प्रदेशका अर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गत वर्षको नारालाई निरन्तरता दिँदै सो रकम विनियोजन गरेको बताएका हुन्।
यो कार्यक्रम अन्तर्गत कृषकलाई प्रोत्साहन, कृषिमा श्रम परिचालन र आधुनिकीकरणको माध्यमबाट यस क्षेत्रलाई व्यावसायिक बनाउँदै लगिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।