सुर्खेत- कर्णाली प्रदेश सरकारले सडक दुर्घटनामा परेका जनतालाई लक्षित गर्दै राकम कर्णालीमा ट्रमा अस्पताल बनाउने उद्घोष गरेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ प्रदेश बजेट सार्वजनिक गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा ट्रमा अस्पताल बनाउने उद्घोष गरेका हुन्।
उक्त कामका लागि मन्त्री ज्वालाले १ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको जानकारी प्रदेश सभामा गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।